सडक दुर्घटनामा मोटरसाइकल चालकको निधन

 लिम्बुवान न्युज
                       

दमक,२४ असार। झापाको भद्रपुर ८ स्थित भद्रपुर बिर्तामोड पक्की सडक खण्डमा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे २ प २५३२ न. को मोटरसाइकल आफैं अनियन्त्रित भई सोही दिशामा रोकि राखेको ना ३ ख ८५४२ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइलक चालक सोही ठाउका ५० बर्षिय ताराकान्त झाको मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भिर घाईते भएका उनको उपचारका क्रममा आज बिहान पौने ३ बजे विराटनगरमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा बुद्धशान्तीका ३५ बर्षिय कमल ढुङ्गेल समेत सामान्य घाईते भएका छन । उनको ओम साइ पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...