महासंघद्वारा प्रेस मैत्री कानुन निर्माण हुनुपर्ने आधारपत्र निर्माण

 लिम्बुवान न्युज
                       

काठमाडौं, २४ असार। नेपाल पत्रकार महासंघले निर्माण गरेको स्थानीय तहमा सञ्चारमाध्यम र पत्रकारको नियमन सम्बन्धी आधारपत्रमाथि महासंघका पूर्व अध्यक्ष तथा कानून व्यवसायीसंग छलफल आयोजना गरेको छ ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले संघ, प्रदेश र स्थानीय तहमा सञ्चार सम्बन्धी कानुन बनाउदा हुनुपर्ने व्यवस्था समेटिएको आधारपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले स्थानीय तहले सञ्चार सम्बन्धी कानुन बनाउदा नियन्त्रणमुखी कानुन बन्न थालेका कारण सुझावका लागि महासंघको नीति अनुसार उक्त आधारपत्र निर्माण गरिएको बताउनुभयो ।

महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रत सम्बन्धी विश्वव्यापी मूल्य मान्यताका आधारमा कानुन बनुन् भन्ने हेतुले महासंघले सुझावका लागि उक्त मस्यौदा बनाउन लागेको बताउनुभयो । उहाँले यो आधारपत्र सञ्चार मैत्री कानुन निर्माण गर्न सहयोगी हुने समेत बताउनुभयो ।

महासंघका पूर्व अध्यक्ष डा।महेन्द्र विष्टले सञ्चार सम्बन्धी धेरै कानून रहेका कारण स्थानीय तहले आवश्यकताका अधारमा मात्र कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । त्यस्तै पूर्व अध्यक्ष शिव गाँउलेले सरकारको आलोचना गरेकै आधारमा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ढंगले कानुन निर्माण गर्न नहुने धारणा राख्नुभयो ।

महासंघकी सल्लाहकार निर्मला शर्माले प्रदेश र स्थानीय तहले आफुअनुकुल कानुन निर्माण गरिरहेको भन्दै प्रेस मैत्री कानुन निर्माण गरिनुपर्ने धारणा राख्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले विभिन्न तहका कानुनले सञ्चार क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका महासचिव रोसन पुरीले जुनसुकै तहका कानुन सञ्चामैत्री हुनुपर्नेमा त्यसो हुननसकेको बताउनुभयो । उहाँले त्यसैका लागि महासंघले सञ्चार नीतिको ड्राफ्ट तयार पारेको जानकारी दिनुभयो ।

कार्यक्रममा अधिवक्ता भक्तिराम घिमिरे, लोकेन्द्र ओली, नेपाल गाउँपालीका महासंघका कार्यवाहक निर्देशक राजेन्द्र प्याकुरेल, नेपाल नगरपालीका संघकी कानुन अधिकृत सरिता सापकोटा लगायतले उक्त मस्यौदामा सुझाव दिनुभएको थियो ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...