
फाइल तस्वीरः
काठमाडौं । अमेरिकाले कोभ्याक्सन कार्यक्रम अन्तर्गत नेपाललाई १५ लाख डोज खोप दिने भएको छ । आगामी सोमबारसम्ममा खोप काठमाडौं आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।
काठमाडौंस्थित अमेरिकी दूताबासले समेत खोप आउन लागेको पुष्टि जनाएको छ । दुतावासका अनुसार ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार हो भन्दै यससम्बन्धी विस्तृत जानकारी छिट्टै दिनेछौं’ –भनेको छ ।
अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीद्वारा उत्पादन यो खोप एक मात्रा लगाए पुग्ने बताइएको छ ।
सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको छ । त्यसअनुसार ८ लाख डोज खोप शुक्रबार मात्र काठमाडौं आइपुगेको छ । त्यसैगरी ८ साउनभित्र थप २० लाख आइसक्नेछ भने बाँकी खोप पनि चाँडै ल्याइने सरकारले जनाएको छ ।