एमाले युवा नेता प्रसाईको कार दुर्घटना परि निधन

 लिम्बुवान न्युज
                       

दुर्घटनाग्रस्त कार

दमक, २५असार। चारआली–भद्रपुर सडक खण्ड अन्र्तगत भद्रपुर–९ स्थित देवकोटा चोकमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एमाले नेता ज्ञानुराम प्रसाईको निधन भएको छ । बिर्तामोड–१ निवासी ४६ वर्षीय प्रसाई एमाले युवा नेता हुन् ।

प्रसाईले चलाएको बा १६ च ८१८२ नम्बरको कार आफै अनियन्त्रित भई देवकोटाको सालिक स्थित कम्पाउण्ड वालमा ठोकिएर दुर्घटना हुँदा कार चालक प्रसाई गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते प्रसाईको मेची प्रदेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिएका छन् ।

प्रसाईँको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारका लागि लगिएको र तत्काल चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...