महासंघद्वारा सञ्चार क्षेत्रका समस्याबारे छलफल र पत्रकारलाई उपचार सहयोग

,   लिम्बुवान न्युज
                       

बिर्तामोड, असार २६। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिवार बिर्तामोडमा प्रादेशिक सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीबीच सञ्चार क्षेत्रका समस्याबारे छलफल र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं. १ का कार्यकारी निर्देशक यज्ञ शर्माले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा प्रतिष्ठानले काम गरिरहेको बताए । प्रतिष्ठानबाट सञ्चारकर्मी र सञ्चार संस्थाको हितमा विभिन्न कार्यक्रम सञ्चालन भएको र हुने बारे शर्माले जानकारी दिएका छन् । कार्यक्रममा प्रतिष्ठानको तर्फबाट शर्माले कोरोना

संक्रमित भई अस्पतालमा उपचार गराएका पत्रकार पर्वत पोर्तेललाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
पत्रकारलाई लेखनवृत्तिदेखि कोरोनाबाट प्रभावित सञ्चार संस्थाहरुलाई प्रतिष्ठानका तर्फबाट सहयोग गर्नेबारे छलफल भइरहेको उनले बताए ।
महासंघ झापाका निवर्तमान अध्यक्ष तारामणि सापकोटाले जिल्लाको सञ्चार क्षेत्रको अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानका सदस्य गोपाल काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृतहरु उपेन्द्र श्रेष्ठ, कोमल दहालको कार्यक्रममा आतिथ्य रहेको थियो ।

महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत प्रादेशिक सञ्चार प्रतिष्ठान बनाएर सञ्चार क्षेत्रको समग्र विकासका लागि कार्यक्रमहरु अघि बढाउँदै आएको छ ।

प्रतिष्ठानले कोरोनाबाट निधन भएका पाँचथरका पत्रकार एकराज भण्डारीकी श्रीमती शर्मिला दहाललाई ५० हजार रुपैयाँ र कोरोना संक्रमित भई अस्पतालमा उपचार गराएका इलामका पत्रकार बुद्धवीर राईलाई २५ हजार रुपैयाको चेक शनिवार नै सम्बन्धित जिल्लामै पुगेर हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानले कोरोनाबाट ज्यान गुमाउने पत्रकारको परिवारलाई ५० हजार र सात दिनभन्दा बढी अस्पतालमा अक्सिजनसहित उपचार गराएका पत्रकारलाई २५ हजार रुपैयाँको दरले सहयोग गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम ओखलढुंगाका दीपेन्द्र रुम्जाली र जुद्धबहादुर राई, भोजपुरका सुरेन्द्र राई, खोटाङका लोकमणि रिजाल, उदयपुरका हरिकुमार राईलाई जनही २५ हजार रुपैयाँ तथा कोरोनाबाट मृत्युवरण गरेका सुनसरीका पत्रकार चन्द्रप्रसाद न्यौपानेकी श्रीमती अनिता गुरागाईलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ ।

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;