दमकमा चाँडै सामुदायिक बाल अस्पताल खुल्ने

 लिम्बुवान न्युज
                       

दमक/झापाको दमकमा चाँडै नै बाल अस्पताल खुल्ने भएको छ । काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थको संयोजनमा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको भवनमा सो अस्पताल खुल्ने भएको हो ।

सामुदायिक अस्पतालका रुपमा खुल्ने यो अस्पताल राजधानी बाहिरको पहिलो गैरनाफामूलक सुविधासम्पन्न बाल अस्पताल हुने भएको छ ।

अस्पतालका लागि आधारभूत तयारी गर्ने क्रममा बिहीबार काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइराला, करुणा फाउण्डेशनका संयोजक दीपक सापकोटा, मेची अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. टंक बारकोटी, आम्दा अस्पतालका डा. नविन ढकाल, दमक अस्पतालका बालरोग विशेषज्ञ डा. जयमणि श्रेष्ठ, प्रदेश नम्वर १ का अर्थ मन्त्रायलका सचिव उत्तर कुमार खत्री, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, दमक नगरपालिकाकी उपप्रमख गीता अधिकारी लगायतले भवनको निरीक्षण गरेका छन् ।

रेडक्रसमा रहेको भौतिक संरचना, ३ वटा एम्बुलेन्स, प्रयोगशालाबाट बाल अस्पताल खोल्न सहज हुने भन्दै नयाँ अस्पतालको लागि तयारी बारे छलफल भएको रेडक्रस दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले जानकारी गराए ।

छलफलका क्रममा प्रदेश सरकार र स्थानीय सरकारबाट पनि बाल अस्पताल खोल्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता सरकारी अधिकारीहरु र दमक नगरका प्रवक्ता उपप्रमुख अधिकारीले बताइन् । त्यसक्रममा रेडक्रस दमक उपशाखाका पदाधिकारी र सदस्यहरुको पनि उपस्थिति रहेको थियो भने अस्पताल स्थापनाका लागि सहभागी सबै पक्षको समन्वय र सहयोग रहने जनाइएको थियो ।

सम्बन्धित समाचार

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...