दमकमा चाँडै सामुदायिक बाल अस्पताल खुल्ने

 लिम्बुवान न्युज
                       

दमक/झापाको दमकमा चाँडै नै बाल अस्पताल खुल्ने भएको छ । काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थको संयोजनमा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको भवनमा सो अस्पताल खुल्ने भएको हो ।

सामुदायिक अस्पतालका रुपमा खुल्ने यो अस्पताल राजधानी बाहिरको पहिलो गैरनाफामूलक सुविधासम्पन्न बाल अस्पताल हुने भएको छ ।

अस्पतालका लागि आधारभूत तयारी गर्ने क्रममा बिहीबार काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइराला, करुणा फाउण्डेशनका संयोजक दीपक सापकोटा, मेची अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. टंक बारकोटी, आम्दा अस्पतालका डा. नविन ढकाल, दमक अस्पतालका बालरोग विशेषज्ञ डा. जयमणि श्रेष्ठ, प्रदेश नम्वर १ का अर्थ मन्त्रायलका सचिव उत्तर कुमार खत्री, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, दमक नगरपालिकाकी उपप्रमख गीता अधिकारी लगायतले भवनको निरीक्षण गरेका छन् ।

रेडक्रसमा रहेको भौतिक संरचना, ३ वटा एम्बुलेन्स, प्रयोगशालाबाट बाल अस्पताल खोल्न सहज हुने भन्दै नयाँ अस्पतालको लागि तयारी बारे छलफल भएको रेडक्रस दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले जानकारी गराए ।

छलफलका क्रममा प्रदेश सरकार र स्थानीय सरकारबाट पनि बाल अस्पताल खोल्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता सरकारी अधिकारीहरु र दमक नगरका प्रवक्ता उपप्रमुख अधिकारीले बताइन् । त्यसक्रममा रेडक्रस दमक उपशाखाका पदाधिकारी र सदस्यहरुको पनि उपस्थिति रहेको थियो भने अस्पताल स्थापनाका लागि सहभागी सबै पक्षको समन्वय र सहयोग रहने जनाइएको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...