विर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

 लिम्बुवान न्युज
                       

विर्तामोड। झापाको बिर्तामोडमा सोमबार बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ । बिर्तामोड ५ स्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तरमा २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

महिलाको अर्धनग्न शव भेटिएको घटनामा झापा प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान प्रक्रिया अगाडि बढाउने भएको छ । सुनसरीको धरानबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

उनले भने– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक जाँचका तीन जना चिकित्सकको टोली र तालिम प्राप्त कुकुर सहितको टिमले घटनाको अनुसन्धान शुरु गरेको छ । शरीरमा चोटपटक र अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको हुँदा शव पोष्र्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको प्रहरी प्रवक्ता थापाले जनाएको छ ।

हाल प्रहरीले परिस्थिति जन्य प्रमाण खोज्ने काम गरिरहेको र पोष्र्टमार्टको रिर्पोट आएपछि अनुसन्धानलाई तिब्र बनाइने डीएसपी थापाले बताए । अनुसन्धानमा प्रहरीले ट्रयाकर डग ‘पिकु’ को सहयोग लिइएको छ । सङ्घीय प्रहरी इकाई कार्यालय धरानको ट्रयाकर डग ‘पिकु’ को सहयोग लिइएको हो ।

शंकाष्पद शव भेटिएको अवस्थामा घटना स्थलको दुई सय मिटर एरिया सुरक्षित बनाउन सके ट्रयाकर डगले सुराक पत्ता लगाउने सम्भावन उच्च हुन्छ । यो घटनामा परिचालित ट्रयाकर डग ‘पिकु’ जर्मन सेफर्ड प्रजातिको कुकुर हो । दुई बर्षको एडभान्स ट्रयाकर बिधाको तालिम सकेको पिकुले बिगत सात महिनादेखि फिल्डमा खटिदै आएकी छ । सात महिनाको समयमा पिकुले प्रहरीलाई कयौ घटनाको अनुसन्धानमा सघाइसकेको छ । सुँघ्ने क्षमता उच्च रहेको ट्रयाकर डगले अभियुक्तले छाडेको प्रमाण र सुराकको आधारमा भागेको स्थान ट्रयाक गरी अभियुक्त पहिचान गर्ने गर्छे ।

संघीय प्रहरी इकाई कार्यालय धरानको डग शाखामा अहिले ट्रयाकर विधामा पिकुसहित लैला नाम गरेको कुकुर कार्यरत छन् । बस्नेतको शवको अनुसन्धानका लागि आएको कुकुर घर बाहिर नगएको जनाइएको छ । मृतक बस्नेत बिर्तामोडको एउटा सहकारी संस्थाकी कर्मचारी भएको खुलेको छ । उनलाई कसैले मारेर फालेको हुनसक्ने प्रहरीले आंशका गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीदेखि करिब एक किलोमिटर पूर्वमा महलिाको शव फेला परेको भन्दै बिर्तामोड शान्ति सुरक्षा कायम गर्न प्रहरीले असफल भएको स्थानीयको भनाई छ । पछिल्लो समयमा बिर्तामोड आसपासका क्षेत्रमा अपराधका घटना बढ्न थालेको स्थानीयले बताए ।

बिर्तामोडमा पछिल्लो समय चोरी, लागूऔषध लगायतका अपराधका घटना बढेको भन्दै बस्नेतको हत्या भएको र हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न स्थानीयल माग गर्दैे प्रहरी बिरुद्ध नाराबजी गरेका थिए ।

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...