विर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

 लिम्बुवान न्युज
                       

विर्तामोड। झापाको बिर्तामोडमा सोमबार बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ । बिर्तामोड ५ स्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तरमा २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

महिलाको अर्धनग्न शव भेटिएको घटनामा झापा प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान प्रक्रिया अगाडि बढाउने भएको छ । सुनसरीको धरानबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

उनले भने– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक जाँचका तीन जना चिकित्सकको टोली र तालिम प्राप्त कुकुर सहितको टिमले घटनाको अनुसन्धान शुरु गरेको छ । शरीरमा चोटपटक र अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको हुँदा शव पोष्र्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको प्रहरी प्रवक्ता थापाले जनाएको छ ।

हाल प्रहरीले परिस्थिति जन्य प्रमाण खोज्ने काम गरिरहेको र पोष्र्टमार्टको रिर्पोट आएपछि अनुसन्धानलाई तिब्र बनाइने डीएसपी थापाले बताए । अनुसन्धानमा प्रहरीले ट्रयाकर डग ‘पिकु’ को सहयोग लिइएको छ । सङ्घीय प्रहरी इकाई कार्यालय धरानको ट्रयाकर डग ‘पिकु’ को सहयोग लिइएको हो ।

शंकाष्पद शव भेटिएको अवस्थामा घटना स्थलको दुई सय मिटर एरिया सुरक्षित बनाउन सके ट्रयाकर डगले सुराक पत्ता लगाउने सम्भावन उच्च हुन्छ । यो घटनामा परिचालित ट्रयाकर डग ‘पिकु’ जर्मन सेफर्ड प्रजातिको कुकुर हो । दुई बर्षको एडभान्स ट्रयाकर बिधाको तालिम सकेको पिकुले बिगत सात महिनादेखि फिल्डमा खटिदै आएकी छ । सात महिनाको समयमा पिकुले प्रहरीलाई कयौ घटनाको अनुसन्धानमा सघाइसकेको छ । सुँघ्ने क्षमता उच्च रहेको ट्रयाकर डगले अभियुक्तले छाडेको प्रमाण र सुराकको आधारमा भागेको स्थान ट्रयाक गरी अभियुक्त पहिचान गर्ने गर्छे ।

संघीय प्रहरी इकाई कार्यालय धरानको डग शाखामा अहिले ट्रयाकर विधामा पिकुसहित लैला नाम गरेको कुकुर कार्यरत छन् । बस्नेतको शवको अनुसन्धानका लागि आएको कुकुर घर बाहिर नगएको जनाइएको छ । मृतक बस्नेत बिर्तामोडको एउटा सहकारी संस्थाकी कर्मचारी भएको खुलेको छ । उनलाई कसैले मारेर फालेको हुनसक्ने प्रहरीले आंशका गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीदेखि करिब एक किलोमिटर पूर्वमा महलिाको शव फेला परेको भन्दै बिर्तामोड शान्ति सुरक्षा कायम गर्न प्रहरीले असफल भएको स्थानीयको भनाई छ । पछिल्लो समयमा बिर्तामोड आसपासका क्षेत्रमा अपराधका घटना बढ्न थालेको स्थानीयले बताए ।

बिर्तामोडमा पछिल्लो समय चोरी, लागूऔषध लगायतका अपराधका घटना बढेको भन्दै बस्नेतको हत्या भएको र हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न स्थानीयल माग गर्दैे प्रहरी बिरुद्ध नाराबजी गरेका थिए ।

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...