काठमाडौं, २९ असार । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाले ज्यान गुमाएको छ । त्यस्तै नयाँ संक्रमित २,३९८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा १४८, कास्कीमा १४६, सुनसरीमा १११ र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ८०, मोरङ र नुवाकोटमा ६०/६० जना, चितवनमा ५३, दोलखामा ४५, कञ्चनपुरमा ३५, मकवानपुरमा ३१, कैलालीमा २९, काभ्रेपलाञ्चोमा २३, रुपन्देही र सल्यानमा २२/२२ जना, नवलपरासी पूर्व, बागलुङ र सुर्खेतमा २१/२१ जना, पाप्लामा २०, धादिङ र तनहुँमा १४/१४ जना, बारामा १२ र स्याङ्जामा ११ जनामा कोरोना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४२ जना कोरोना संक्रमित थपिएको छ ।