भानु जयन्तीमा पत्रकार पौडेल पुरस्कृत

 लिम्बुवान न्युज
                       

झापा, २९ असार । २०८औं भानु जयन्तीको अवसरमा भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले झापाका पत्रकार मुक्ति पौडेललाई पुरस्कृत गरेको छ ।
जनसंसद दैनिकका प्रधान सम्पादक पौडेललाई २१ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानले विभिन्न ५ वटा विधामा पुरस्कार स्थापना गरेर वर्षेनि वितरण गर्दै आएको छ । यद्यपि, गत वर्ष प्रतिष्ठानले कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम तथा पुरस्कार वितरण गर्न सकेको थिएन ।

यस वर्ष पाँचवटा विधामा दिँदै आएको पुरस्कारमध्ये एउटा विधाको पुरस्कार वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताए ।

संघीय सांसद् राम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला, अग्रज साहित्यकार तथा पत्रकार चन्द्र भण्डारी, प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, मेचीनगर प्रमुख विमल आचार्य, पुरस्कृत व्यक्तित्व पत्रकार पौडेललगायतले बोलेका थिए । कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर उपप्रमुख मीना उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लीराम घिमिरे, धन्यवाद मेदनी खरेल र सञ्चालन सचिव सुशिल आचार्यले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;