भानु जयन्तीमा पत्रकार पौडेल पुरस्कृत

 लिम्बुवान न्युज
                       

झापा, २९ असार । २०८औं भानु जयन्तीको अवसरमा भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले झापाका पत्रकार मुक्ति पौडेललाई पुरस्कृत गरेको छ ।
जनसंसद दैनिकका प्रधान सम्पादक पौडेललाई २१ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानले विभिन्न ५ वटा विधामा पुरस्कार स्थापना गरेर वर्षेनि वितरण गर्दै आएको छ । यद्यपि, गत वर्ष प्रतिष्ठानले कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम तथा पुरस्कार वितरण गर्न सकेको थिएन ।

यस वर्ष पाँचवटा विधामा दिँदै आएको पुरस्कारमध्ये एउटा विधाको पुरस्कार वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताए ।

संघीय सांसद् राम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला, अग्रज साहित्यकार तथा पत्रकार चन्द्र भण्डारी, प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, मेचीनगर प्रमुख विमल आचार्य, पुरस्कृत व्यक्तित्व पत्रकार पौडेललगायतले बोलेका थिए । कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर उपप्रमुख मीना उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लीराम घिमिरे, धन्यवाद मेदनी खरेल र सञ्चालन सचिव सुशिल आचार्यले गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...