पराजुली हत्याका आरोपी असई बानियाँ पक्राउ

 लिम्बुवान न्युज
                       

इलाम। उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी विमलाकुमारी पराजुलीको हत्या आरोपमा प्रहरीका असई युवराज बानियाँ पक्राउ परेका छन् । बनियाँ सोही इलाम इजलासका न्यायाधीस शिवनारायण यादवका बडीगार्ड हुन ।

प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्यामा बानियाँको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

बानियाँले ४८ वर्षीय पराजुलीको घाटी थिची हत्या गरेको र शव अदालत परिसरको झाडीमा लुकाएको अनुसन्धानबाट खुलेको छ । दुवैबिच अवैध सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको बताइएको छ ।

अनुसन्धानको क्रममा बानियाँले पराजुलीको हत्या आइतबार साँझ गरेको स्वीकार गरेका छन् । बानियाँ अदालत परिसर भित्रै क्वाटरमा बस्दै आएका थिए । उनलाई थप अनुसन्धानको लागि म्याद थप गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

बानियाँ २०७३ सालदेखि उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीस यादवको बडी गार्डको रुपमा कार्यरत थिए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...