पराजुली हत्याका आरोपी असई बानियाँ पक्राउ

 लिम्बुवान न्युज
                       

इलाम। उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी विमलाकुमारी पराजुलीको हत्या आरोपमा प्रहरीका असई युवराज बानियाँ पक्राउ परेका छन् । बनियाँ सोही इलाम इजलासका न्यायाधीस शिवनारायण यादवका बडीगार्ड हुन ।

प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्यामा बानियाँको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

बानियाँले ४८ वर्षीय पराजुलीको घाटी थिची हत्या गरेको र शव अदालत परिसरको झाडीमा लुकाएको अनुसन्धानबाट खुलेको छ । दुवैबिच अवैध सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको बताइएको छ ।

अनुसन्धानको क्रममा बानियाँले पराजुलीको हत्या आइतबार साँझ गरेको स्वीकार गरेका छन् । बानियाँ अदालत परिसर भित्रै क्वाटरमा बस्दै आएका थिए । उनलाई थप अनुसन्धानको लागि म्याद थप गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

बानियाँ २०७३ सालदेखि उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीस यादवको बडी गार्डको रुपमा कार्यरत थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;