सर्वोच्चको फैसलाको स्वागत गर्दै दमकमा गठबन्धनद्वारा दिप प्रज्वलन

 लिम्बुवान न्युज
                       

दमक। प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतले गरेको फैसालाको स्वागत गर्दै दमकका विपक्षी गठबन्धनले स्वागत गरेका छन् । मंगलबार साँझ दमकको गणतन्त्र चौकमा दिप प्रज्वलन गर्दै गठबन्धनले सर्वोच्चले गरेको फैसलाको स्वागत गरेको हो ।

गठबन्धनले दिप प्रज्वलनसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारलाई शुभकामना दिएका छन् । गठबन्धनले आायेजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता तथा कार्यकर्ताहरुको बाकुलो उपस्थिति रहेको थियो ।

गणतन्त्र चौकमा आयोजित कार्यक्रममा बोल्दै पूर्व संविधानसभा सदस्य तथा नेपाली कांग्रेस दमकका नेता सुरेश लिङ्देनले सर्वोच्चको फैसलाले लोकतन्त्र र गणतन्त्रको रक्षा गरेको बताए । पूर्व सांसद लिङ्देनले व्यक्तिगत स्वार्थ पुर्तिको निमित्त संवैधानिक निकाय र नीति र विधिको शासनलाई अस्तव्य पारेको आरोप लगाएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य विरेन्द्र बस्नेतले जनताले निर्माण गरेको संविधानको धारालाई कुल्चेर अघि बढिरहेको केपी सरकारलाई लगाम लागेको बताए । उनले भने – निरंकुशता सम्पूर्ण रुपले परास्त नभएको हुँदा अब यो गठबन्धन एकजुट भएर निरन्तर अगाडि बढ्ने प्रतिबद्धता छ ।

यसैगरी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङ्ले केपी ओलीको घमण्ड समाप्त भएको हुँदा अब गृहनगरबासीहरु उनको निरंकुशता बिरुद्ध एक जुट भएर अघि बढ्न अनुरोध गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका उपमहासचिव भानु भट्टराईले कोरोनाको महामारीमा निवर्तमान प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानलाई कुल्चेर भेन्टिलेटरमा पुराएको बताउँदै सबै संघीयवादी, लोकतन्त्रवादी र गणतन्त्रवादी एक भएका छौं, अब एकजुट भएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु पर्ने बताए । त्यसैगरी नेकपा माओवादीकी महिला नेतृ प्राध्यापक राधिका ओझाले पनि महिला सहभागीताको चर्चा गरेकि थिइन् ।

कार्यक्रम नेपाली कांग्रेसका नगरसभापति रोशन विष्टले गरेका थिए भने संचालन नेकपा माओवादी केन्द्रका नगर सचिव शंकर बस्नेतले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;