मोटरसाइकल दुर्घटनामा परी वडासदस्य राईको गयो ज्यान

 लिम्बुवान न्युज
                       

मृतक वडासदस्य धनबहादुर राई

दमक। इलाम माङसेबुङ गाउँपालिका वडा नं. ४ का वडासदस्य धनबहादुर राईको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।

बुधबार दिउँसो अन्दाजी ४ बजे मे. ८ प ६०४ नम्बरको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका वडासदस्य रहेका ३६ वर्षीय राईको झापाको वि एण्ड सी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलबाट घरतर्फ आउँदै गरेका राई दमक रवि सडक खण्ड अन्तरगत रतुवा पुल नजिक अनियन्त्रित भई सेतेभिरबाट अन्दाजी १ सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो । उनलाई टाउकोमा गम्भीर चोट लागेपछि उपचारको लागि वि एण्ड सी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...