आज साउने संक्रान्ति अर्थात सिसेक्पा तङ्नाम, कर्णाली प्रदेशमा सार्वजनिक विदा

 लिम्बुवान न्युज
                       

  • लिम्बुवान खबर विशेषः

दमक, १ साउन । आज साउने संक्रान्ति अर्थात सिसेक्पा तङनाम देशभरका विभिन्न धर्मावलम्बीहरुले आ–आफ्नो संस्कार संस्कृति अनुसार रमाइलो गरेर मनाउने चलन छ । विशेष गरेर साउने संक्रान्ति हिन्दू धर्मावलम्बीहरुले मनाउने गरेतापनि किरात जातीहरुले पनि यसलाई सिसेक्पा तङ्नाम भनी आफ्नै परम्परामा चार्डको रुपमा मनाउने गरेका छन् ।

किरातीहरुले आफ्नो इष्टदेव अथवा तागेरा निङवाभु माङको सम्मानमा साउने संक्रान्तिको दिन नयाँ पाकेका फलफुलहरु डोरीमा तुनेर ढोकामाथि झुण्डाउने परम्परा रहेको छ । यसो गरि लगाईको बाली नाली राम्रोहोस् अनि पछि पाकेपछि घरभित्र लगाउनु पाईयोस् भनेर पनि पुर्खाहरुले भन्ने गरेका छन् ।

विशेष गरेर नेपालको पूर्व लिम्बुवान र खम्बुवान किरात क्षेत्रमा संक्रान्तिको दिन एकविहानै खेतबारी वा नजिकको बनजंगलमा गई आवश्यक अन्न, फल,फुल र विभिन्न सांस्कर मानिने पातहरु संकलन गरेर ल्याउने गरिन्छ । त्यसपछि दिउँसो हरियो बाबियोको डोरीमा बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर राखिन्छ त्यसपछि सबै परिवार बसी विशेष आरधाना गर्ने परम्परा रहेको छ । त्यसपछि साँझमा घरमा भएका परम्परागत खानेकुराहरु पकाई खाने चलन छ भने पुरानो पम्परा भएकाहरुले विभिन्न परिकारका पुरानो शैलीकै खानपान खाएर पनि मनाउने चलन छ ।

साउने संक्रान्तिको दिन साँझ पख गाउँ घरतिर खानपान सकिएपछि आत्तीसबाजी गर्ने पहिलापहिला भने बन्दुक पड्काउने चलन थियो यद्यपी आजकल पनि पटका लगायत ठूलो आवाज आउने वस्तुहरु पढ्काउने चलन रहेको छ । त्यसैगरी घरमा भएको थाल, झ्याम्टा, नाङ्लो, ढोल लगायत ठूलो आवाज आउने वस्तुहरु बजाएर अनिकाल जा साहाकाल आईज भन्दै अध्यारो भएपछि कराउँदै बाटो बाटो कुद्ने परम्परा पनि छ भने सिस्नु पानीसँग लुतोपुतो जाँ भन्दै हानाहान गर्ने चलन पनि यदाकदा पाइन्छ ।

बुबाआमाको आज्ञा अनुसार घरभित्रका सबै नराम्रो तत्वहरु जाओस् भनेर खेद्ने परम्पारा रहेको छ । आजकल आउने सक्रान्ति देशविदेशमा रहेका नेपाली दाजुभाईहरुले आ आफ्नै परम्परा शैलीमा मनाउने गरेको खबरहरु पनि देख्न र सुन्न पाईन्छ ।

यसैगरी हिन्दुधर्मावलम्बीहरुले पनि स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश र्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिंड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।

महिलाले हरियो, पोते, मेहन्दी, चुरालगायत हरियो कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । साउन महीनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।

त्यसैले साउन महिनाको प्रत्येक सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । तर, यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको संक्रमणको जोखिमका कारण भिडभाड गर्न रोक लगाइएको छ ।

साउने संक्रान्तिको अवसरकिमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशका सबै जिल्लामा लागू हुने गरी आज एक दिन बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

आज कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू हुने जानकारी दिए । कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश सरकारले विशेष महत्वका साथ साउने संक्रान्तिका अवसरमा यो पर्व धुमधामका साथ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

संघीय सरकारले दिएका बिदाबाहेक कर्णाली प्रदेश सरकारले वर्षमा छ दिन बिदा दिने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...