जुवा खेल्दै गरेको सूचनाको आधारमा दमकबाट ११ जना पक्राउ

 लिम्बुवान न्युज
                       

जुवा खेलमा संलग्नहरू इलाका प्रहरी कार्यालय दमकमा पक्राउ पश्चात

दमक, १ साउन । दमकबाट ११ जना जुवाडे खेल्दै गर्दा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले वडा नम्बर ७ हाटखोलास्थित कर्णबहादुर राईको घरबाट शुक्रबार साँझ ११ जनालाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले छापा मार्दा २ लाख आठ हजार पन्चानब्बे रुपैयाँ, १६ थान कौडा सहित जेवाडेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेकाहरु दमक र दमक बाहिरका समेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई शुक्रबार साँझबाटै हिरासतमा राखेर कारबाही थालिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताएका छन् ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...