प्रेस क्लब मेचीनगरको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, २ साउन । मेचीनगरमा रहेका पत्रकारहरु बीचमा वृहत अन्तर्क्रिरयात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा शनिबार क्लबको कार्यालयमा ‘टि–सर्ट वितरण तथा मेचीनगरका पत्रकार बीचको अन्तक्र्रियात्मक कार्यक्रम’ सम्पन्न भएको हो ।

सो अवसरमा प्रेस क्लबले आफ्ना सदस्यहरुलाई टि–सर्ट वितरण गरेको छ । क्लबको लोगो अंकित टि–सर्ट आफ्ना सदस्यहरुका लागि वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले सदस्यहरुलाई टि–सर्ट प्रदान गरेका थिए ।

सो अवसरमा बेल्दै प्रमुख अतिथि भण्डारीले पछिल्लो समयमा आम मानिसहरु पत्रकारहरु सँग डराउने वातावरणकोे सृजना भएको टिप्पणी गरे ।

प्रमुख अतिथि भण्डारीले आम मानिसले सञ्चारकर्मीहरुलाई खोजीखोजी समाचार संप्रेषण गर्न आग्रह गर्नु पर्नेमा पत्रकाहरुको अनावश्यक दबाव, धाक–धम्कि देखाउने प्रवृत्ती हाबी भएकाले पत्रकारहरुसँग डराउने क्रम बढेको साथै पत्रकार र समाज बीचको दुरी बढ्दै गइरहेको बताए ।

भण्डारीले राष्ट्रियरुपमा छाउँने राजनीतिक घटनाक्रमहरु मात्र पत्रकारहरुको प्रमुख समाचार बन्ने बताउँदै स्थानीय स्तरमा लुकेर रहेका आम विषयवस्तुलाई समाचारको बिषय बनाउँन आग्रह गरे ।

कार्यक्रमका अधिकांश वक्ताहरुले प्रेस क्लबले गरेको गतिविधि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सञ्चारकर्मी र सञ्चारगृहको हितमा काम गर्न सुझाव दिए । आफ्ना सदस्यहरुको लेखन स्तर वृद्धी गराउने तथा क्षमता विकास गराउने किसिमका तालिमहरुको व्यवस्था गर्न उनीहरुले माग गरे ।

सो अवसरमा प्रमुख अतिथि भण्डारी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महोन काजी, क्लबका पूर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लेखक उज्वल प्रसाईं, प्रेस संगठन झापा अध्यक्ष झुलन रेग्मी, शिक्षासेवी विश्व थापालगायतले आफ्नो धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्लबका ३० जना सदस्यहरुलाई टि–सर्ट वितरण गरिएको क्लबका सचिवालय सदस्य विकास देवकोटाले जानकारी दिए । क्लबले विधान अन्तर्गत रही सदस्यता लिनका लागि मेचीनगरका सबै सञ्चारकर्मीहरुमा आग्रहसमेत गरेको छ ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि भण्डारीलाई क्लबको विधानले व्यवस्था गरे बमोजिमको मानार्थ सदस्यता प्रदान गरिएको थियो । क्लबको विधानको अनुसूची ६ को दफा २ मा सञ्चार क्षेत्रमा लामो समय सेवा पुर्याएका समाजिक रुपमा स्थापित सञ्चारकर्मीलाई कार्य समितिको निर्णयबाट मानार्थ सदस्यता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

सो अवसरका क्लबको हालसम्म भएका गतिविधिहरुको बारेमा अध्यक्ष लक्ष्मी उप्रेतीले प्रकाश पारेका थिए भने क्लबकी कोषाध्यक्ष रीता दाहालले क्लबको आर्थिक गविविधिका बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रमका मेचीनगरमा रहेर स्थानीय तथा राष्ट्रियरुपमा पत्रकारीता गरि रहेका सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । क्लवका सदस्य हरिकृष्ण भण्डारीले स्वागत गरेको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष उप्रेती र सञ्चालन सचिव जीआर धितालले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...