दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं, ३ साउन । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक विघन भई पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने भनिएको छ ।

आजको बैठकमा करीब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले भने प्रतिनिधिसभा बैठकको प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आइतबार ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । ति मध्ये बजेटसँगै केही विधेयकहरुलाई प्रक्रियामा लाने संकेत देखिएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने जानकारी यसअघि नै बताइसकेका छन् । यद्यपि आइतबारको पहिलो बैठकको कार्यसूची भने बिहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ ।

चालु अधिवेशन बाटनै प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने बताइएको छ । यद्यपी कहिले विश्वासको मत लिने टुङ्गो नलागेको बताइएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...