एमाले नेता रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनामा

 लिम्बुवान न्युज
                       

काठमाण्डौ, ३ साउन। नेकपा एमालेका उपाध्यक्ष समेत रहेका सांसद भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । संघीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

राजीनामाको वक्तव्य पढ्दै नेता रावलले नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा संसदबाट राजीनामा दिनु नै उपयुक्त ठानेको बताए ।

यसअघि माधव पक्षका एमाले सांसदहरुले रावलको राजीनामा रोक्ने प्रयास गरे पनि सफल भएनन् । रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा राजीनामा दिने घोषणा गरेका थिए । रावलले संसद भवन पुगेर पत्रकारअगाडि राजीनामा पत्र वाचन गर्न खोज्दा पनि सुरेन्द्र पाण्डे लगायतका नेताहरुले रोक्ने प्रयास गरेका थिए । तर उनीहरु विफल भएका छन् ।

रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्दा रावलसहित एमाले माधव पक्षका २६ सांसदले समर्थन गरेका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...