लिम्बुवान सामाजिक मञ्च आसफोर्ड शाखाको अध्यक्षमा राज नेम्बाङ्

,   लिम्बुवान न्युज
                       

  • योगेन्द्र तावा, आसफोर्ड, बेलायत ।

यूके, ३ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च युके अन्तर्गत आसफोर्ड शाखाको चौथोे महाधिवेशन सम्पन्न भएको छ । शनिबार आसफोर्डमा आयोजित कार्यक्रमले राज नेम्बाङ्ग लिम्बुको अध्यक्षतामा २९ सदस्य नयाँ कार्य चयन गरेको छ ।

मञ्चका केन्द्रीय सदस्य तथा सामाजिक मञ्च यूकेका प्रवक्ता नवराज काम्बाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न समितिको उपाध्यक्षमा द्वय प्रदिप कन्दङ्वा, सन्तोषी फोम्बो रहेका छन् त्यसैगरी सचिवमा योगेन्द्र तावा, सह–सचिवमा धिरज खेवा, अर्थसचिवमा प्रेम गुरुङ, सह–अर्थसचिवमा नेम खापुङ निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ सल्लाहकार जगत सुहाङ, सल्लाहकारहरुमा खगेन्द्र तावा, हेमलाल इजम, देवेन्द्र सुहाङ, नरजङ मावोहाङ, कालीबहादुर मादेन, काजीमान ओख्राबो रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमशः सल बहादुर आङबुहाङ, धनकुमारी थलङ्, दिलकुमारी जवेगु, यसोदा काम्बाङ, भक्त बोखिम, रुपा खवाहाङ्, बेनु कुमार असार्मी, उदय आङबुहाङ, गंगामाया केदेम, अमृता तुम्बाहाम्फे, रुद्रमाया सुहाङ, नरेन्द्र थोप्रा, तारादेवी बि.क., नगेन्द्र आङबो र चन्द्र बहादुर बेघा रहेका छन् ।

सोही दिन संघीय लिम्बुवान सामाजिक यूवा मञ्च समेत गठन गरिएको छ । सुरेन्द्र थेवेको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको हो । समितिको उपाध्यक्ष देब चोङवाङ, अर्थ सचिव सुस्मा कन्दङ्वा, सदस्यहरुमा हरि आङबुहाङ, गंगामाया आङबुहाङ, पविन लिम्बु, युवराज आङबुहाङ, हाङमा थक्लुङ, तान्छोङमा थक्लुङ, जीवन लिम्बु र समिर थेवे रहेका छन् ।

निर्वाचित समितिलाई प्रमुख अतिथि काम्बाङले सफलग्रहण गराईएको उक्त कार्यक्रममा दर्जनौं संघीय प्रेमीहरुले मञ्चको साधारण सदस्यता लिएका थिए । निर्वाचित सम्पूर्ण समितिलाई मञ्चको तर्फबाट बधाई दिदै प्रमुख अतिथि काम्बाङ्ले लिम्बुवान आन्दोलन र पहिचानमा आधारित लिम्बुवान सहितको १०+१ प्रान्त प्राप्तीको निम्त्ति लडिरहेका प्रति सद्भाव जनाउँदै सक्दो सहयोग गर्ने र निर्वाचित समितिलाई शुभकामना दिदै संगठन विस्तार र रचनात्मक कार्यक्रम गर्न अनुरोध गरेका छन् ।

कार्यक्रम शाखाका अध्यक्ष जगत सुहाङको अध्यक्षता एवम् सचिव योगेन्द्र तावाको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;