लिम्बुवान सामाजिक मञ्च आसफोर्ड शाखाको अध्यक्षमा राज नेम्बाङ्

 लिम्बुवान न्युज
                       

  • योगेन्द्र तावा, आसफोर्ड, बेलायत ।

यूके, ३ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च युके अन्तर्गत आसफोर्ड शाखाको चौथोे महाधिवेशन सम्पन्न भएको छ । शनिबार आसफोर्डमा आयोजित कार्यक्रमले राज नेम्बाङ्ग लिम्बुको अध्यक्षतामा २९ सदस्य नयाँ कार्य चयन गरेको छ ।

मञ्चका केन्द्रीय सदस्य तथा सामाजिक मञ्च यूकेका प्रवक्ता नवराज काम्बाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न समितिको उपाध्यक्षमा द्वय प्रदिप कन्दङ्वा, सन्तोषी फोम्बो रहेका छन् त्यसैगरी सचिवमा योगेन्द्र तावा, सह–सचिवमा धिरज खेवा, अर्थसचिवमा प्रेम गुरुङ, सह–अर्थसचिवमा नेम खापुङ निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ सल्लाहकार जगत सुहाङ, सल्लाहकारहरुमा खगेन्द्र तावा, हेमलाल इजम, देवेन्द्र सुहाङ, नरजङ मावोहाङ, कालीबहादुर मादेन, काजीमान ओख्राबो रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमशः सल बहादुर आङबुहाङ, धनकुमारी थलङ्, दिलकुमारी जवेगु, यसोदा काम्बाङ, भक्त बोखिम, रुपा खवाहाङ्, बेनु कुमार असार्मी, उदय आङबुहाङ, गंगामाया केदेम, अमृता तुम्बाहाम्फे, रुद्रमाया सुहाङ, नरेन्द्र थोप्रा, तारादेवी बि.क., नगेन्द्र आङबो र चन्द्र बहादुर बेघा रहेका छन् ।

सोही दिन संघीय लिम्बुवान सामाजिक यूवा मञ्च समेत गठन गरिएको छ । सुरेन्द्र थेवेको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको हो । समितिको उपाध्यक्ष देब चोङवाङ, अर्थ सचिव सुस्मा कन्दङ्वा, सदस्यहरुमा हरि आङबुहाङ, गंगामाया आङबुहाङ, पविन लिम्बु, युवराज आङबुहाङ, हाङमा थक्लुङ, तान्छोङमा थक्लुङ, जीवन लिम्बु र समिर थेवे रहेका छन् ।

निर्वाचित समितिलाई प्रमुख अतिथि काम्बाङले सफलग्रहण गराईएको उक्त कार्यक्रममा दर्जनौं संघीय प्रेमीहरुले मञ्चको साधारण सदस्यता लिएका थिए । निर्वाचित सम्पूर्ण समितिलाई मञ्चको तर्फबाट बधाई दिदै प्रमुख अतिथि काम्बाङ्ले लिम्बुवान आन्दोलन र पहिचानमा आधारित लिम्बुवान सहितको १०+१ प्रान्त प्राप्तीको निम्त्ति लडिरहेका प्रति सद्भाव जनाउँदै सक्दो सहयोग गर्ने र निर्वाचित समितिलाई शुभकामना दिदै संगठन विस्तार र रचनात्मक कार्यक्रम गर्न अनुरोध गरेका छन् ।

कार्यक्रम शाखाका अध्यक्ष जगत सुहाङको अध्यक्षता एवम् सचिव योगेन्द्र तावाको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...