निमार्णाधिन भवनको छतढलाईको टेको झिकेकोमा स्थानीय आन्दोलित

 लिम्बुवान न्युज
                       

कन्काई, ५ साउन। झापाको कनकाई नगरपालिका ७ मा निमार्णाधिन दुर्गापुर सामुदायिक तथा व्यावसायिक भवन निर्माण कार्यमा ठेकेदार कम्पनीले लापर्वाही गरेको छ । जेभी एण्ड सन्स कम्पनीले निर्माणमा लापवाही गर्दै भवनको ढलान भएको १० दिनभित्रै सेटिङकाे टेको हटाएपछि स्थानीय आन्दोलन बनेका हुन् ।

स्थानीय उपभोक्ताहरुले उक्त भवन जुनसुक्कै वेलापनि ढलेर ठुलो जनधनको क्षति हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ठेकेदार कम्पनीले समय नपुगि धमाधम ढलानको बाँसको टेका झिक्न थालेपछि स्थानीय युवाको अवरोध पछि ठेकेदार कम्पनीले बाँकी कोठाको भने ढलानको टेको नझिकेको स्थानीय युवा राजु अधिकारीले बताए । १६ कोठे उक्त भवनको २ वटा कोठाको भने ठेकेदार कम्पनीले १० दिनमै टेको झिकेर भवन कमशल बनाइदिएको स्थानीय युवा राजा आङथुपोले बताए ।

ठेकेदार कम्पनीले उक्त भवन निर्माणका लागि ५१ लाखमा ठेक्का पारेको आङथुपोले बताए । यसबारे ठेकेदार कम्पनीका प्रोपाइटर विवेक जबेगुसँग सम्पर्क राख्दा ओपिसि सिमेन्टले ढलान गरेको जुनसुक्कै भवन ७ देखि १० दिनमा टेको हटाउन मिल्ने बताए । स्थानीयको गुनासो आएपछि झिकेको बाँसमा समेत थप मजवुद फलामकै टेको पनि हालिदिएको छु ठेकेदारले भने । उनले आफुहरुलाई थप कामका लागि मजदुर राख्न नपाएकोले एउटा कोठाको मात्रै सटिङ १३ दिनमा हटाएको बताए ।

स्थानीय प्रेम सागर उप्रेती भने ठेकेदारले मान्छे राख्न पाएन भन्दैमा करौडौ रुपैँयामा बन्दैगरेको सार्वजनिक भवनको गुणस्तर बिर्गान नपाउने बताउँछन् । यद्यपी यसबारे कनकाई नगरपालिकाका इन्जिनियर कुशल हुमगाईसँग यस वारेमा जिज्ञासा राख्दा नियम अनुसार २१ दिनपछि मात्रै भवन ढलानको सटिङ झिक्न मिल्ने बताउँछन् ।

यता स्थानीय राजु अधिकारी भने आफुहरु स्थानीय सबै युवा मिलेर होहल्ला गरेपछि मात्रै ठेकेदारले बाकी कोठाको सटिङ नझिकेको बताएका छन ।
कनकाईकै पुरानो बजार मानिने दुर्गापुर बजारमा कनकाई नगरपालिकाको लगानीमा बन्न लागेको व्यावसायिक भवन प्रतिकोठा ३५ सय रुपैँयामा डेढ लाख देखि २ लाख सम्म धरौटी बुझाएर निर्माण नसकिदै भाडामा लागिसकेको स्थानीयको भनाई छ ।

मजदुरले ज्याला पाएनन्

उक्त भवन निर्माणमा खटिएका स्थानीय २ जना मजदुरले आफुहरुले २२ दिनको ज्याला नपाएको बताएका छन् । स्थानीय विवेक भुजेल र प्रकाश खनालले विहान देखि राती ६ बजेसम्म काम गरेको २२ दिनको हाजिरा आजसम्म नपाएको बताए । पुरानो ठेकेदारले काम छाडेर जाँदा नयाँले दिन्छु दिन्छु भनेर हालसम्म आलटाल गरिरहेको उनीहरुले दुखेसो पोखे । ईटा बोकेको पैसा पनि दिएनन् दिन्छु भनेका छन् अब हेरौ कहिले दिनेहुन बर्षदिन भइसक्यो दिएका छैनन भुजेलले भने ।

यता भवन निर्माण गरेको एक बर्षसम्म ठेकेदार कम्पनीकै जिम्मामा हुने कन्काई नगरपालिकाका इन्जिनियर हुमागाईँले बताएका छन् । स्थानीय युवा भने निर्माणको सुरुवातमै कमजोरी भएकोले कम्तीमा ३ बर्षसम्मको कागज ठेकेदार कम्पनीलाई गराएर मात्रै भुक्तानी दिनुपर्नेमा जोड दिएका छन् । (तस्वीरः कनकाइ अनलाइनखबर)

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...