अब इतिहासको पन्नामा साहित्यकार नवल फाइवाली

,   लिम्बुवान न्युज
                       

दमक, ५ साउन । किरात साहित्यकार तथा लेखक नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । झापाको अर्जुनधारा ७ निवासी ८० वर्षीय साहित्यकार फाइवालीको मंगलबार दिउँसो निधन भएको हो । अब उनी इतिहासको पन्नमा मात्र हुनेछन् ।

साहित्यकार फाइवालीलाई ५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । यसअघि अर्जुनधारा ७ कै शंकर हस्पिटलमा केही दिन उपचार गरिएको थियो । उपचारकै क्रममा छातीमा समस्या देखिएपछि उनलाई मंगलबार बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको हो ।

पछिल्लोपटक उनको एन्टिजेन परीक्षण गरिँदा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उपचारकै क्रममा हृदयघात भई निधन भएको कान्छा छोरा राज लिम्बूले जानकारी दिएका छन् । हस्पिटलमा भर्ना गरिए पनि उनको छातीमा समस्याबाहेक कुनै समस्या देखिएको थिएन ।

बि.सं. १९९८ सालमा जन्मिएका साहित्यकार नवल फाइवाली किरात धर्म, संस्कार र भाषाका लागि विज्ञ मानिन्थे । उनका दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनको पहिलो कृति ‘अन्यायको हार’ २०३६ मा प्रकाशित भएको थियो भने उनको पछिल्लो कृति ‘अन्तिम यात्रा’ प्रकाशनमा आएको छ । किरात सिरीजंगा लिपीमा प्रकाशित कृतिहरुमा याक्थुङ मिङवान २०५०, पालाम २०५०, मुक्पान सुम २०६१, नानु खदेम २०६९ रहेको छ । उनी किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय सदस्य हुन् । योङहाङ कुलवंशको केन्द्रीय उपाध्यक्ष समेत भएका उनी यलम्बर टाइम्स साप्ताहिकका स्तम्भरकार सहित समेत रहेका थिए ।

लिम्बूभाषा साहित्य प्रतिष्ठानको केन्द्रीय समितिको निवर्तमान उपकुलपति समेत रहेका फाइवाली हालसम्म कुनै कति कतै खोट नलागेका एक असल व्यक्तित्व रहेको लिम्बु साहित्यकार सेसेमी से नाल्बो बताउँछन् । उनमा सिर्जनसिल साहित्य प्रतिको झुकाव अत्यन्तै रहेको नाल्बो बताउँछन् । विभिन्न संघसंस्थाहरुले सम्मान गरिसकेका फाइवालीलाई लिम्बु साहित्य प्रतिष्ठानले झापाको दमकमा गत वैशाखमा याक्थुङ साहित्य पुरस्कार २०७८ द्वारा सम्मान गरेको सम्मान नै उनको अन्तिम सम्मान रहेको थियो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;