आज बकर इद देशभरका मस्जिदमा मनाइँदै

 लिम्बुवान न्युज
                       

काठमाठौं, ६ साउन । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने मुस्लिमहरुको धार्मिक परम्परा रहिआएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम धर्मावलम्बीहरुलाई बकर इदको शुभकामना दिएका छन् । नेपाल जातीय, बहुभाषी, बहुधार्मिक, बहुसंस्कृति, भौगोलिक विविधताले भरिएको धर्मनिरपेक्ष मुलक भएकोले सुःखशान्ति, समृद्धिको कामना गरेका छन् ।

यसरी नै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुस्लिम समुदायलाई बकर इदको अवसरमा संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिदैं यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको छ । इदुल जोहाका दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने चलन रहेको छ ।

गत बर्ष झै यो बर्ष पनि कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन् ।

मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पनि भौतिक दूरी कायम गरेर बकर इद मनाउने तयारी गरिएको छ । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । यसरी कुर्बानी (बलि) दिइएको मासुलाई तीन भागमा बाँढ्ने प्रचलन रहेको छ । एकभाग गरिब वा विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफन्त, इष्टमित्रलाई र बाँकी तेस्रो भाग आफैले खानुपर्ने मुस्लिम परम्परा रहेको बताइन्छ ।

 

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...