पाँचथरका समाजसेवी सेर्माद्वारा स्वास्थ्य सामाग्री प्रदान

 लिम्बुवान न्युज
                       

यासोक । पाँचथरको कुम्मायक २ माङजाबुङका समाजसेवी गजेन्द्र शेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वस्थ्य सामग्री सहयोग गरेका छन् ।

रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहनु भएका शेर्माले कोरोना कोभिड १९ को महामारिको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सो स्वस्थ्य सामग्री बितरण गरेका हुन् ।

समाजसेबि शेर्माले चार लाख रकमको बराबरको ज्वरो नाप्ने थर्मलगन र सेनिटाइजर लगायतका स्वस्थ्य सामग्री सहयोग गरेका हुन् । गजेन्द्रले पठाएको सामाग्री उनका दाजु घनेन्द्र सेर्मा मार्फत पालिकाका विभिन्न केन्द्रमा बितरण गरिएको छ ।

मिक्लाजुङ् गाउँपालिकाका १ र २ का लागि ३५ वटा थर्मलगन, ६ हजार ४ सय पिस सर्जिकल मास्क, फाल्गुनन्द गाउँपालिका वडा नम्बर ६ का लागि ६ ओटा थर्मलगन ४ हजार ५ सय पिस मास्क, कुम्मायक गाउँपालिका–१ का लागि थर्मलगन २४ वटा २ का लागि ३० वटा थरमल गर्न र ४ हजार ९ सय ९४ पिस सर्जिकल माक्स, ३ का लागि १६ वटा थरमलगन, ४ वडाका लागि १२ वटा थरमलगन र ५ वडाका लागि १६ वटा थरमलगन गरि १ सय ४७ थरमलगन र १५ हजार ९ सय पिस सर्जिकल माक्स सहयोग गरेका छन् ।

समाजसेबि सेर्माले एक बिज्ञप्ति जारी गर्दै कोरोना कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा थप सहयोग पुगोस भनेर आफुले स्वस्थ्य सामग्री सहयोग गरेको कोरियाबाट सहयोगदाता गजेन्द्र सेर्माले जानकारी दिनु भएको छ ।

बिगतका केही समयमा पनि ब्यक्तिगत रुपमा कुम्मायक–२ मा २ लाख १६ हजार बराबरको स्वस्थ्य सामग्री बितरण गरि सकेका छन् । बिज्ञप्ति मार्फत समाजसेबि शेर्माले समाजका लागि केही गरेकोले थप हौसलाका लागि सञ्चारकर्मी सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...