भाग्यमानी भरतमणिलाई गृहजिल्लाबाट ६ लाखको प्रोत्साहन पुरस्कार

 लिम्बुवान न्युज
                       

एमाले नेता याेगेश भट्टराइसँग भरतमणि पाैडेल

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी भरतमणि पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार दिने जिल्लावासीहरुले घोषणा गरेका छन् । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा पुरस्कार दिइने भएको हो ।

भट्टराईले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले २ लाख, ताप्लेजुङ सरोकार केन्द्रले २ लाख तथा रेडियो तमोरको तर्फबाट १ लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको हो । भाग्यमानी पौडेललाई च्याम्पियन यात्रा सकिएपछि मात्र सो पुरस्कार प्रदान गरिनेछ ।

ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको शीर्ष ६ मा प्रतिस्पर्धा गरिरहेका छन् । प्रस्तुतिका आधारमा उनी च्याम्पियनको यस सिजनमा सबैभन्दा उत्कृष्ट देखिएका छन् । दुई साताअघिको एपिसोडमा भरतमणिले पूर्व मन्त्री भट्टराईकै एक क्यारिकेचर गरेका थिए । जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहनस्वरुप पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए ।

उनकै संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङका संघ संस्थाका प्रतिनिधिहरुको भेलामा छलफल भएपछि पुरस्कार दिने निर्णय गरिएको हो । कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नेता भट्टराईले नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने बताए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;