“सिरिजङ्गा लिपी”लाई किरात लिपि नामाकरण गरिएकोमा युमा साम्योको आपत्ति

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा राखिएको सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ नामाकरण गर्न खोजिएको भन्दै युमा साम्यो महासभाले आपत्ति जनाएको छ । चार जातीय संस्थाहरूले सिरिजङ्गाको पहिचान र सावायेत्हाङकालीन इतिहास नामेट गर्ने गरी लिपिको नाम परिवर्तन गर्न खोजेको युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समितिले आरोप लगाएको छ ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासभाको अन्तर्राष्ट्रिय समन्वय समितिले चार किरातजन्य संस्थाहरूले साझा लिपि बनाउने नाममा सिरिजङ्गाको योगदान र मौलिक पहिचानको अवहेलना गरेको भन्दै विरोध गरेको छ । महासभाले चार किरातजन्य संस्था मात्र नभई हिमालयन मूलावासी समुदायले नै लिपिको प्रयोग गर्न सक्ने तर साझा बनाउने नाममा अन्य नाम दिनु सर्वथा गलत भएको उल्लेख गरेको छ ।

‘सावायेत्हाङकालमा विकसित भएको त्येअ्सी सिरिजंगा सिं थेवेप्रति समर्पित यस सिरिजङ्गा लिपिलाई चारवटा संस्थाहरूले मात्रै नभई सम्पूर्ण हिमालयन मूलवासी समुदायले साझा लिपिका रूपमा प्रयोग गर्न सक्छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले, सिरिजङ्गाको नाममा फँुदो फुर्को जोडिरहन आवश्यक छैन ।’

महासभाका असंस अध्यक्ष नरेन्द्र माबोहाङ र महासचिव धनराज साम्याङखामले हस्ताक्षर गरेको विज्ञप्तिमा चार किरात संस्था र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रमुखहरूलाई सही मार्गमा हिँड्न पनि आग्रह गरेका छन् ।

एक साताअघि काठमाडौँमा भएको छलफलमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लङ, किरात सुनुवार सेवा समाज र किरात याक्खा छुम्माका प्रतिनिधिहरूले लिपिलाई किरात लिपि नामाकरण गरेर साझा रुपमा प्रयोग गर्ने बारे धारणा राखेका थिए ।

आदिवासी याक्थुङ लिम्बु समुदायको संस्था चुम्लुङ २०४९ मा लिपिको नाम किरात सिरिजंगा लिपि राख्ने संस्थागत निर्णय गरेको थियो । यायोक्खाले भने केवल किरात लिपि राखे पुग्ने धारणा व्यक्त गर्दै आएको छ । यद्यपी युमा धर्मावलम्बीहरूले भने भाषाको नाम याक्थुङ पाःन् र लिपिको नाम सिरिजङ्गा रहनुपर्ने मत राख्दै आएका छन् । त्येअङ्सी सिरिजङ्गा सिं थेवेको जन्म लिम्बुवानको याङ्वरक थुमको सिनाम तेल्लोक गाउँमा सन् १७०४ मा भएको इतिहासकारहरूले विभिन्न पुस्तकमा उल्लेख गरका छन् ।

विज्ञप्ति हेर्नुहोस्ः

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...