“याक्थुङ आइडल सिक्किम” प्रतियोगिता हुँदै, कार्यक्रमको पोस्टर सार्वजनिक

 लिम्बुवान न्युज
                       

  • सुबास केरुङ ‘नुनाम’

पाँचथर। सिक्किममा याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम) हुने भएको छ । नियारा प्रोडक्सन सिक्किमको आयोजनामा उक्त प्रतियोगिता विश्व भरि छरिएर बसेका लिम्बू भाषिहरुले सहभागी हुन पाउने गरि गर्न लागिएको हो ।

मंगलबार सिक्किमको डिलाइट होटलको सभाहलमा पत्रकार सम्मेलन गरि याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम) को पोस्टर सार्बजनिक गरिएको थियो ।

सिक्किममा विभिन्न रियालिटी सोहरु भएता पनि याक्थुङ आइडल भने पहिलो पटक गर्न लागिएको आयोजक नियारा प्रोडक्सनले जनाएको छ । बिगत बर्षहरुमा पहिलो पटक अन्तराष्ट्रिय चासोक तङ्नाम मेला साथै विभिन्न लिम्बु फेस्टिभलहरुको आयोजना गर्दै आइरहेको छ । याक्थुङ आइडल ( याक्थुङ इनाक)मा भने विभिन्न लिम्बू भाषाका गीतहरु गाउन सक्ने लिम्बू गैर–लिम्बुहरुले भाग लिन सक्ने कुरा यस आयोजक समितिका अध्यक्ष नियारा ताम्लिङले बताइन् ।

प्रतियोगीताको अडिसन भने डिजिटल प्रबिधिबाट नभएर स्वयम् उपस्थितिबाट अडिसन गरिने तर विभिन्न स्थानमा अडिसन गरिने बताईन । विश्व महामारी कोरोना भाइरसले बिश्व प्रभाबित भइरहेको अवस्थामा यस्तो कार्यक्रम गर्नु चुनौतिको बिषय होइन ? भन्ने प्रश्नमा उनले कोरोनाको अवस्थालाई मध्यनजर गर्दै सामान्य अवस्थामा फर्किने बितिकै फारम बितरण खोल्ने र अडिसनको तयारी गर्ने बताउनु बताइन् ।

अध्यक्ष ताम्लिङ्ले भनिन् –अहिलेको नयाँ पिडिमा आफ्नो भाषा संस्कार संस्कृति तथा साहित्य कलाका बिषयहरुमा चासो घट्दै गइरहेकोले यस्तो रियालिटी सोहरुले उनिहरुमा नयाँ थप उर्जा प्रदान गर्ने र आफ्नो जिम्मेवारी बारे थोरै भए पनि सिक्ने छन् ।

कार्यक्रम आयोजक समितिका प्रमुख सल्लाहकार एस.बि. माङ्युङका अनुसार यस प्रतियोगितामा हाक्पारे, पालाम, ख्याली, ताम्के, तुवा र माङसाम्लो लगायत सबै बिधाका गीतहरु गाउन सकिने छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...