महासंघ झापाले पत्रकारहरुलाई गर्‍यो पुरस्कृत

 लिम्बुवान न्युज
                       

बिर्तामोड, ७ साउन । नेपाल पत्रकार महासंघ झापा शाखाले ओलम्पिक खेलबारेको प्रदेश स्तरीय लेखन प्रतियोगितामा उत्कृष्ट भएका पत्रत्रकारहरुलाई बिहीबार पुरस्कार प्रदान गरेको छ ।

सोही अवसरमा पत्रकार महासंघ प्रदेश नं १ समितिले प्रदेश सरकारको सहयोगमा सञ्चालन गरेको लेखनवृत्तिमा सहभागी पत्रकारहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको छ ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा महासंघको बिर्तामोडस्थित कार्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि स्पोर्टस् फर अल कमिशन नेपाल प्रदेश १ का संयोजक तथा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष भोजराज सिटौलाले प्रतियोगिताका विजेता पत्रकारलाई पुरस्कार प्रदान गरेका थिए ।

स्पोर्टस् फर अल कमिशन नेपाल प्रदेश १ को सहयोगमा महासंघले ओलम्पिक दिवस २०२१ जुन २३ को अवसरमा प्रदेश स्तरीय लेख तथा समाचार लेखन प्रतियोगिता सञ्चालन गरेको थियो ।

प्रतियोगितामा प्रथम हुने इलामका नमिन ढकाललाई ११ हजार रुपैयाँ, द्वितीय हुने ताप्लेजुङका खगेन्द्र अधिकारीलाई सात हजार रुपैयाँ, तृतीय हुने झापाका हिमालचन्द्र खरेललाई पाँच हजार रुपैयाँ र सान्त्वना पुरस्कार पाँचथरका भीम बाँस्कोटालाई तीन हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि सिटौलाले पत्रकारिता क्षेत्रबाट खेलकुदको समग्र विकासमा टेवा पु¥याउन र खेलकुद पत्रकारिता विधामा कलम चलाउने पत्रकारलाई प्रोत्साहित गर्न सहयोग गरिएको बताए । उनले पत्रकार महासंघ झापाको साझेदारीमा पुरस्कारको राशी वृद्धि गरी आगामी वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

झापाका १३ जना पत्रकारलाई लेखनवृत्ति प्रदान

कोरोना संक्रमण भई हाल स्वास्थ्य लाभ गरेका झापाका १३ जना पत्रकारलाई महासंघ झापा शाखाको सिफारिसमा महासंघ प्रदेश समितिले लेखनवृत्ति प्रदान गरेको थियो । कोरोनाबारे सचेतना जगाउने तथा कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तथा प्रदेश सरकारले निर्वाह गरेको सकारात्मक भूमिकाबारे आह्वान गरिएको लेखनवृत्तिमा सहभागीहरुलाई प्रोत्साहन स्वरुप जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

लेखनवृत्तिमा सहभागी झापाका पत्रकारहरु भीमा शिवाकोटी, गोपाल काफ्ले, नरेन्द्र ढकाल, राजु अधिकारी, दीपेन्द्र पौडेल, तुलसी निरौला, गौरव पोखरेल, सन्तोष आचार्य, सुव्रत न्यौपाने, पुष्प बराल, विष्णु पौडेल, अनिता भेटवाल र सन्तोष न्यौपानेलाई उक्त रकम प्रदान गरिएको हो ।

कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का सदस्य गोपाल काफ्ले, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले शुभकामना व्यक्त गर्दै महासंघको नयाँ नेतृत्वले निर्वाह गरिरहेको अभिभावकीय र संस्थागत भूमिकाप्रति धन्यवाद ज्ञापन गरे । उपाध्यक्ष केशव भट्टराईले स्वागत, उपाध्यक्ष सुशिला संग्रौलाले धन्यवाद ज्ञापन, सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा लेखन प्रतियोगितामा उत्कृष्टहरुको नाम घोषणा सहसचिव तथा सो कार्यक्रमका संयोजक अर्जुन राजवंशीले गरेका थिए ।

महासंघ झापा शाखाका सदस्य स्वर्गीय केशवराज धितालको निधनप्रति गहिरो दुःख र उहाँको आत्माको शान्तिका लागि श्रद्धाञ्जलि अर्पण गर्दै कार्यक्रम शुरु गरिएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...