पाँचथरमा ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 लिम्बुवान न्युज
                       

फिदिम। पाँचथरमा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा १७१ जनाको एण्टिजेन परीक्षणको रिपोर्ट प्राप्त हुँदा थप ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो संख्या थप भएसँगै जिल्लामा कोरोनाभाइरसका सङ्क्रमितको कूल संख्या २ हजार ७७७ पुगेको छ । सङ्क्रमितहरु मध्ये २ हजार ३६५ जना निको भएका छन् भने ९ जनाको अस्थायी कोभिड अस्पतालको एचडीयूमा उपचार भइरहेको छ । यस्तै हालसम्म थप उपचारका लागि जिल्लामा परीक्षण गराई पोजेटिभ नतिजा आएका २९ जनालाई जिल्ला बाहिर रेफर गरिएको छ ।

पाँचथरको कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि तीन वटा अस्पतालमा गरी ४५ वटा बेड रहेको, जसमा २८ बेडको एचडीयू रहेको र १५९ थान अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालयको दैनिक प्रतिवेदनले जनाएको छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...