पाँचथरमा ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 लिम्बुवान न्युज
                       

फिदिम। पाँचथरमा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा १७१ जनाको एण्टिजेन परीक्षणको रिपोर्ट प्राप्त हुँदा थप ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो संख्या थप भएसँगै जिल्लामा कोरोनाभाइरसका सङ्क्रमितको कूल संख्या २ हजार ७७७ पुगेको छ । सङ्क्रमितहरु मध्ये २ हजार ३६५ जना निको भएका छन् भने ९ जनाको अस्थायी कोभिड अस्पतालको एचडीयूमा उपचार भइरहेको छ । यस्तै हालसम्म थप उपचारका लागि जिल्लामा परीक्षण गराई पोजेटिभ नतिजा आएका २९ जनालाई जिल्ला बाहिर रेफर गरिएको छ ।

पाँचथरको कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि तीन वटा अस्पतालमा गरी ४५ वटा बेड रहेको, जसमा २८ बेडको एचडीयू रहेको र १५९ थान अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालयको दैनिक प्रतिवेदनले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...