दुबईमा प्रविधिमार्फत गराइयो कृतिम वर्षा

,   लिम्बुवान न्युज
                       

दुबई । संयुक्त राज्य इमिरेष्ट्को दुवाईमा तापक्रम ५० डिग्री पुगेर अत्याधिक गर्मी बढेपछी शहरमा कृतिम वर्षा गराइएको छ । युएईको मौसम विभागले आइतबार दुबईसहित धेरै इलाकामा क्लाउड सिडिङ प्रविधि मार्फत वर्षा गराएको हो ।

युएई मात्र नभएर अमेरिका, क्यानडा, चीन, बेलायतलगायत धेरै देशमा अहिले तापक्रम ४५ देखि ५० डिग्रीको आसपास रहेको बताइएको छ ।

युएईमा गर्मीका कारण बाहिर काम गर्ने मानिसहरुको अवस्था बेहाल भएको छ । गर्मीबाट बच्न दुबईले कृतिम वर्षाको नयाँ उपाय निकालेको हो । यसबर्ष यहाँको तापक्रम ५० डिग्रीसम्म रेकर्ड गरिएको छ ।

मौसम विभागका अनुसार युएईले ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्ज गर्ने काम गरेको छ । त्यस चार्जपछि बादल वर्षिएको हो । यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जोडसँग झट्का दिन्छ । जसबाट बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ ।

युएईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरु यस तरिकाको वर्षा गराउने काममा सक्रिय छन् । मौसम विभागकाअनुसार क्लाउड सिडिङ नामक प्रविधिमार्फत यी सबै कामहरु भइरहेका छन् र यस प्रविधिको लक्ष्य वर्षेनी वर्षातको दर बढाउने हो । गत बर्ष पनि युएईले यही प्रविधिमार्फत कृतिम वर्षा गराएको थियो । (एजेन्सीको सहयोगमा)

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;