मौलिक पोशाक पेटानी जोगाउन तालिम दिईदै

 लिम्बुवान न्युज
                       

दमक, ८ साउन । नयाँ पुस्तासँगै आफ्नो जातीय परम्परागत मौलिक पोशाक संकटमा परेको भन्दै धिमाल जातीको पेटानी बुन्ने तालिम दिन थालिएको छ । संकटमा पर्दै गएको पेटानी बुन्ने तालिम धिमाल जाती विकास केन्द्रको अगुवाईमा धमाधम थालिएको हो ।

दमक १० स्थित सेतुमारीका बर्ष ३० की कमला धिमाललाई घिमाल महिलाले लगाउने परमम्परागत पोशाक पेटानी बन्न आउँदैन थियो । आफुमात्र होइन गाउँका धेरै नयाँ पुस्ताका महिलालाई पेटानी बुन्न जान्दैन थिए । यसरी घरमा बन्ने पेटानी बुन्न छाडेपछि पछिल्लो समय आवश्यक पेटानी बाहिरबाट आयात गर्नु परेपछि नयाँ पुस्ता समेत यस क्षेत्रमा आर्कषित भएको उनले बताइन् ।

धिमाल जातिय बिकास केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले एकपछि अर्को गर्दै नयाँ पुस्ताले पेटानी बुन्न छाडेपछि आफ्नो मौलिक पेशा नै संकट पर्न थालेको बताउँछन् । उनले मौलिक पोशाक संरक्षण गर्न यस्ता तालिम सञ्चालन गर्नुका साथै वजारीकरणमा पनि सहयोग पुरयाँउदै आएको बताए ।

कमला जस्तै सोही स्थानकी सरस्वती धिमाल समेत पेटानी लगायतका कपडा बुन्न आउदैनथ्यो । पछिल्लो समय नयाँ पुस्ता बिद्यालयमा अध्ययनका लागि स्कुल, कलेज जाने र उनीहरुले पेटानी बुन्ने काममा रुचि नदिदा यो पेशा संकटमा पर्दै गएको थियो ।

यस्तै घिमाल समुदायमा अन्य जातीको प्रभावले गर्दा नयाँ पुस्ताका महिलालाई घिमाल जातीको मौलिक भेषभुषा समेत बिर्सने अवस्थामा पुगेको केन्द्रका अध्यक्ष धिमालको भनाई छ । पछिल्लो पुस्ताले आफनो भाषा तथा मौलिक भेषभुषा समेत बिर्सदै गएका थिए ।

दमक नगरपालिकाले धिमाल जातीलाई प्रथम नागरिक घोषणा गरेको छ भने सामुदायिक स्कुलमा धिमाल भाषाको कक्षा समेत संचालनमा ल्याएको छ । यसले धमालजातीहरुमा मौलिकता तर्फ फर्कनमा थप मद्दत पुगेको आदिवासी जनजाति समन्वय समितिका पूर्व अध्यक्ष मोहन धिमाल बताउँछन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...