दमक । नेपाल तथा विभिन्न भाषाका म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्माता तथा निर्देशक देउकृष्ण देवानको निर्देशनमा पूर्वेली लोक भाकामा सजिएको गीत ‘डाँडा बजार’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
आज (शुक्रबार) साहित्यकार तथा गीतकार चारखोले शिशिर(शिशिर लिङदम) को शव्द संकलन तथा संगीतकार चित्र याख्खाको लय संकलन रहेको पूर्वेली गीत ‘डाँडा बजार’ युमा आर्ट्स युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
नेपाली चलचित्र ‘तारेभीर’का निर्माता तथा कलाकार समेत रहेका साथै दर्जनौ म्यूजिक भिडियो निर्देशन गरिसकेका देउकृष्ण याख्खाकै कोरियोग्राफी समेत रहेको भिडियोमा रेखा लिम्बू, देवेन्द्र लिम्बू, युमन लिम्बू र सुनिता सन्यक लिम्बूले अभिनय हेर्न सकिने छ ।
लोकप्रिय गायक देवेन्द्र लिम्बू र गायीका सुनिता सन्यक लिम्बूको आवाजमा धनकुटाको डाँडा बजार लाप्चेटारको वर्णन गर्न खोजिएको गीतको भिडियोलाई धनकुटाको डाँडा बजार, लाप्चेटार, राजारानी, धरान र तमोर नदीको किनार आसपासका सुन्दर एवम् रमणीय स्थलहरुमा छायाँकन गरिएको छ ।
गायक डीवी लिम्बूू र गायीका हिमानी फेवन लिम्बूको समेत आवाज रहेको ‘डाँडा बजार’ गीतको भिडियोमा पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी लिम्बु समुदायको सांस्कृतिक पहिचानलाई प्रस्तुत गरिएको छ ।
आधुनिक देवान (भूमिराज) र पद्मा माया लिम्बू (सीता राई)को समेत अभिनय रहेको भिडियोमासुमन तामाङको छायाँकन, देवराज सिग्देलको सहायक छायाँकन, कृष्ण सुबेदी र असोक मण्डलको मेकअप रहेको भिडियोमा बिकास दाहालले कलरिङ तथा सम्पादन गरेका छन् ।
म्यूजिक मिडिया धरानमा रकेर्डिङ गरिएको गीतको संगीत संयोजन राम कार्की र मिक्सिङ कुमार सानु पुनले गरेका छन् ।
काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...
झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...
ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...