पूर्वेली लोक गीत ‘डाँडा बजार’ युट्युवमार्फत सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक । नेपाल तथा विभिन्न भाषाका म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्माता तथा निर्देशक देउकृष्ण देवानको निर्देशनमा पूर्वेली लोक भाकामा सजिएको गीत ‘डाँडा बजार’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

आज (शुक्रबार) साहित्यकार तथा गीतकार चारखोले शिशिर(शिशिर लिङदम) को शव्द संकलन तथा संगीतकार चित्र याख्खाको लय संकलन रहेको पूर्वेली गीत ‘डाँडा बजार’ युमा आर्ट्स युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

नेपाली चलचित्र ‘तारेभीर’का निर्माता तथा कलाकार समेत रहेका साथै दर्जनौ म्यूजिक भिडियो निर्देशन गरिसकेका देउकृष्ण याख्खाकै कोरियोग्राफी समेत रहेको भिडियोमा रेखा लिम्बू, देवेन्द्र लिम्बू, युमन लिम्बू र सुनिता सन्यक लिम्बूले अभिनय हेर्न सकिने छ ।

लोकप्रिय गायक देवेन्द्र लिम्बू र गायीका सुनिता सन्यक लिम्बूको आवाजमा धनकुटाको डाँडा बजार लाप्चेटारको वर्णन गर्न खोजिएको गीतको भिडियोलाई धनकुटाको डाँडा बजार, लाप्चेटार, राजारानी, धरान र तमोर नदीको किनार आसपासका सुन्दर एवम् रमणीय स्थलहरुमा छायाँकन गरिएको छ ।

गायक डीवी लिम्बूू र गायीका हिमानी फेवन लिम्बूको समेत आवाज रहेको ‘डाँडा बजार’ गीतको भिडियोमा पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी लिम्बु समुदायको सांस्कृतिक पहिचानलाई प्रस्तुत गरिएको छ ।

आधुनिक देवान (भूमिराज) र पद्मा माया लिम्बू (सीता राई)को समेत अभिनय रहेको भिडियोमासुमन तामाङको छायाँकन, देवराज सिग्देलको सहायक छायाँकन, कृष्ण सुबेदी र असोक मण्डलको मेकअप रहेको भिडियोमा बिकास दाहालले कलरिङ तथा सम्पादन गरेका छन् ।

म्यूजिक मिडिया धरानमा रकेर्डिङ गरिएको गीतको संगीत संयोजन राम कार्की र मिक्सिङ कुमार सानु पुनले गरेका छन् ।

हेर्नुहाेस् भिडियाेः

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...