कोरोना संक्रमणबाट झापामा पाँचको निधन, २२३ जना कोरोना संक्रमण पुष्टि

 लिम्बुवान न्युज
                       

दमक, ९ साउन । झापामा आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षिय पुरुष, दमककी ३० बर्षिया महिला, गौरीगञ्जका २४ बर्षिय पुरुष र इलामका ८७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा झापामा एकै साथ पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४२५ जना पुगेको छ ।

यसैगरी आज दमकका ४६ सहित झापाका २२३ जनालाई संक्रमण पुष्टि भएको छ । दमकमा संक्रमित थपिएकामा १८ पुरुष , २८ महिला रहेका छन् । जिल्लामा भने १३४ महिला र ८९ जना पुरुषलाई संक्रमण देखिएको हो ।

योसँगै झापामा कूल संक्रमितको सँख्या २० हजार ४९२ पुगेको छ । त्यसमध्ये १४ हजार ५८१ जना डिस्चार्ज भएका छन् । जिल्लामा २७९२ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...