कांग्रेस नेता योङयालाई पितृशोक

 लिम्बुवान न्युज
                       

दमक, ९ साउन । झापाको दमक १ निवासी नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा सामाजिक व्यक्तित्व घनेन्द्र राज योङयालाई पितृशोक परेको छ । आज (शनिबार) दिउँसो योङ्याका ८६ बर्षिय बुवा कृष्ण प्रसाद योङयाको दमकस्थित एड्भान्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

फोक्सोमा संक्रमण भएपछि उनलाई तीनदिन अघि देखि उपचार भईरहेको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय योङया छोराहरु मध्ये घनेन्द्र र राजकुमार दमकमा चिनिएका व्यक्तित्व हुन् । घनेन्द्र दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । यस्तै दमकस्थित जनमुखी बहुमुखी सहकारी संस्थाका अध्यक्ष समेत रहेका योङया दमकमा चिनिएका व्यक्तित्व हुन् ।

यस्तै भाई राजकुमार राप्रपाको राजनीतिमा सक्रिय छन् भने हाल उनी पनि दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष हुन् ।

यसैबीच मृतक योङयाको शव भोली साउन १० गते आईतबार बिहान १० बजे कोशी नदीस्थित चतराधाममा अन्तिम दांह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...