कांग्रेस नेता योङयालाई पितृशोक

,   लिम्बुवान न्युज
                       

दमक, ९ साउन । झापाको दमक १ निवासी नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा सामाजिक व्यक्तित्व घनेन्द्र राज योङयालाई पितृशोक परेको छ । आज (शनिबार) दिउँसो योङ्याका ८६ बर्षिय बुवा कृष्ण प्रसाद योङयाको दमकस्थित एड्भान्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

फोक्सोमा संक्रमण भएपछि उनलाई तीनदिन अघि देखि उपचार भईरहेको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय योङया छोराहरु मध्ये घनेन्द्र र राजकुमार दमकमा चिनिएका व्यक्तित्व हुन् । घनेन्द्र दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । यस्तै दमकस्थित जनमुखी बहुमुखी सहकारी संस्थाका अध्यक्ष समेत रहेका योङया दमकमा चिनिएका व्यक्तित्व हुन् ।

यस्तै भाई राजकुमार राप्रपाको राजनीतिमा सक्रिय छन् भने हाल उनी पनि दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष हुन् ।

यसैबीच मृतक योङयाको शव भोली साउन १० गते आईतबार बिहान १० बजे कोशी नदीस्थित चतराधाममा अन्तिम दांह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;