नसानको निर्देशनमा पालाम ‘सुम्वादो यङघङ’ युट्यूवमा सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, ९ साउन । संचारकर्मी साथै गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘सुम्वादो यङघङ’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । पालाम ‘सुम्वादो यङघङ’को माङसेबुङ म्यूजिक भिडियो युट्यूव च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो ।

सन्चहाङ सङबाङफेको शब्द, लय तथा स्वरमा तिर्थ लिम्बूले साथ दिएको पालाममा चर्चित गायिका तथा मोडल स्वस्तिका सावादेन लिम्बू, लिलाहाङ लाओती लिम्बू, प्रकाश सावादेन लिम्बू र देविका बुङछेन राई सावदेनको अभिनय हेर्न सकिने छ ।

साथमा जमुना नेम्बाङ लिम्बू, एमिका तिगेला लिम्बू, देवराज आङदेम्बे लिम्बू, सेसे योङहाङ लिम्बु, अन्जु सोङमी लिम्बू, कुसुम लक्सम लिम्बू, सेसेहाङ सेर्मा, सन्च सङबाङफे लिम्बू, नरमाया सेनेहाङ लिम्बू, मनमाया चेम्जोङ लिम्बू, भगिरथी पुलामी मगर, सिता खजुम, खरजित केरुङ, डिबी चेम्जोङ, बलबीर लाओती, जोगहाङ थेगिम, कुण्डलसिं आङदेम्बे, मनमाया सेर्मा, सन्चमाया इधिङगो, दिलमाया चेम्जोङ र टेकबहादुर आङदेम्बे लगायतले समेत अभिनयमा साथ दिएका छन् ।

म्युजिक मिडिया धरानमा रेकर्डिङ गरिएको पालामको संगीत संयोजन जीवन राईको रहेको छ भने रेकर्डिङ तथा मिक्सिङ मास्टरिङ विजय श्रेष्ठले गरेका हुन् ।

लिम्बू संस्कृतिमा धान नाच्दा नाच्दै मन परापर भएपछि माया बस्छ र बिहे हुन्छ भन्ने मौलिक संस्कृतिलाई उजागर गरिएको भिडियोमा धान नाच, प्रेम र विबाह अनि सामाजिक रहनसहनलाई प्रस्तुत गरिएको छ ।

माङसेबुङ आसपासमा छायाँकन गरिएको उक्त भिडियोमा हेमराज चेम्जोङको छायाँकन, भुमी लाओतीको क्रिउ र नाम्बिनहाङ लिङदेनको ड्रोन तथा सम्पादन रहेको निर्देशक नसानले बताए । (तस्वीरः माङसेबुङ डटकमबाट)

भिडियाे तल हेर्नुहाेस्ः

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...