दमक, ९ साउन । संचारकर्मी साथै गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘सुम्वादो यङघङ’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । पालाम ‘सुम्वादो यङघङ’को माङसेबुङ म्यूजिक भिडियो युट्यूव च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो ।
सन्चहाङ सङबाङफेको शब्द, लय तथा स्वरमा तिर्थ लिम्बूले साथ दिएको पालाममा चर्चित गायिका तथा मोडल स्वस्तिका सावादेन लिम्बू, लिलाहाङ लाओती लिम्बू, प्रकाश सावादेन लिम्बू र देविका बुङछेन राई सावदेनको अभिनय हेर्न सकिने छ ।
म्युजिक मिडिया धरानमा रेकर्डिङ गरिएको पालामको संगीत संयोजन जीवन राईको रहेको छ भने रेकर्डिङ तथा मिक्सिङ मास्टरिङ विजय श्रेष्ठले गरेका हुन् ।
लिम्बू संस्कृतिमा धान नाच्दा नाच्दै मन परापर भएपछि माया बस्छ र बिहे हुन्छ भन्ने मौलिक संस्कृतिलाई उजागर गरिएको भिडियोमा धान नाच, प्रेम र विबाह अनि सामाजिक रहनसहनलाई प्रस्तुत गरिएको छ ।
माङसेबुङ आसपासमा छायाँकन गरिएको उक्त भिडियोमा हेमराज चेम्जोङको छायाँकन, भुमी लाओतीको क्रिउ र नाम्बिनहाङ लिङदेनको ड्रोन तथा सम्पादन रहेको निर्देशक नसानले बताए । (तस्वीरः माङसेबुङ डटकमबाट)
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...
काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...