दमक नगरपालिकालाई ६ दलीय गठबन्धनको ज्ञापनपत्र

,   लिम्बुवान न्युज
                       

दमक । दमक नगरपालिकालाई छ दलीय गठबन्धनले आइतबार ज्ञापनपत्र बुझाएको छ । नगर भित्रको शिक्षा, स्वास्थ्य र विकास निर्माण लगायतका विभिन्न १० बुदेँ माग राख्दै दलहरुले स्थानीय सरकारको ध्यानकर्षण गराएका हुन् ।

नगरपालिकामा छ दलका नेताहरुको उपस्थितिमा नगर प्रमुख रोमनाथ ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

पत्रमा कांग्रेस नगर सभापति रोशन विष्ट, माओवादी केन्द्रका सचिव तिर्थराज बस्नेत (शंकर), नेकपा मालेका नगर अध्यक्ष रुपनारायण न्यौपाने, जनता समाजवादी पार्टीका नगर अध्यक्ष भेषराज भट्टराई, संघीय लिम्बूवान मञ्चका जिल्ला सदस्य विकास मगर(विजय), नेकपा (माओवादी) झापा जिल्ला इन्चार्ज दिपेन गोम्देनले हस्ताक्षार गरेका छन् ।

सो पत्रमार्फत स्थानीय सरकारलाई सरोकारवाला र नगरमा रहेका सबै राजनीतिक दलहरुसँग समन्वय अनुरोध गरेका छन् । ज्ञापनपत्रमा कोरोना महामारीको समयमा सरकारले उपलव्ध गराउदै आएको खोप थप व्यवस्थित गर्नुपर्ने, कोभिड रोकथामको खर्च सार्वजनिक गरिनु पर्ने उल्लेख गरेका छन् ।
शिक्षा ऐन नियम विपरीत गठन गरिएको तीन सदस्यीय विद्यालय व्यवस्थापन समिति तत्काल खारेज गरि शिक्षा ऐन अनुसार अभिभावकहरुको प्रतिनिधित्व हुने गरि विद्यालय व्यवस्थापन समिति गठन गरिनुपर्ने माग गरिएको छ ।

यसैगरि स्वास्थ्य बिमालाई दमक अस्पतालमा मात्र एकीकृत स्वास्थ्य जाँच कार्यले थप कोभिड लगायतका स्वास्थ्य जोखिम हुँदैआएकाले त्यस्तो एकद्धार प्रणाली हटाउनु पर्ने र अहिले दमक अस्पतालमा सयौं विरामीको भिड भई कोरोना संक्रमण भयावह हुने भन्दै गठबन्धनले स्थानीय सरकारलाई त्यस बारे तत्काल निर्णय गर्न अनुरोध गरेका छन् ।

विकास निर्माण कार्यको अनुगमनमा सर्वपक्षीय प्रतिनिधित्व गरिनु पर्ने, फोहोरमैला संकलन वापत लिदैआएको शुल्क जथाभावी संकलन गरिदैआएकाले त्यसलाई तत्काल बन्द गरिनु पर्ने, नगरपालिकाको राजस्व संकलन सम्बन्धी सवै ठेक्कापट्टा पारदर्शी गरिनु पर्ने, नगरपालिकामा हँुदैआएको ढिलासुस्ती र अनियमितता वन्द गरिनु पर्ने तथा नगरपालिकाको ऐन, कानुन विपरीत कर्मचारी नियुक्ति, बढुवा जस्ता कार्य बन्द गर्नुपर्ने माग उक्त १० बुँदे ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र तह हेर्नुहाेस्ः

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;