दमक नगरपालिकालाई ६ दलीय गठबन्धनको ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       

दमक । दमक नगरपालिकालाई छ दलीय गठबन्धनले आइतबार ज्ञापनपत्र बुझाएको छ । नगर भित्रको शिक्षा, स्वास्थ्य र विकास निर्माण लगायतका विभिन्न १० बुदेँ माग राख्दै दलहरुले स्थानीय सरकारको ध्यानकर्षण गराएका हुन् ।

नगरपालिकामा छ दलका नेताहरुको उपस्थितिमा नगर प्रमुख रोमनाथ ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

पत्रमा कांग्रेस नगर सभापति रोशन विष्ट, माओवादी केन्द्रका सचिव तिर्थराज बस्नेत (शंकर), नेकपा मालेका नगर अध्यक्ष रुपनारायण न्यौपाने, जनता समाजवादी पार्टीका नगर अध्यक्ष भेषराज भट्टराई, संघीय लिम्बूवान मञ्चका जिल्ला सदस्य विकास मगर(विजय), नेकपा (माओवादी) झापा जिल्ला इन्चार्ज दिपेन गोम्देनले हस्ताक्षार गरेका छन् ।

सो पत्रमार्फत स्थानीय सरकारलाई सरोकारवाला र नगरमा रहेका सबै राजनीतिक दलहरुसँग समन्वय अनुरोध गरेका छन् । ज्ञापनपत्रमा कोरोना महामारीको समयमा सरकारले उपलव्ध गराउदै आएको खोप थप व्यवस्थित गर्नुपर्ने, कोभिड रोकथामको खर्च सार्वजनिक गरिनु पर्ने उल्लेख गरेका छन् ।
शिक्षा ऐन नियम विपरीत गठन गरिएको तीन सदस्यीय विद्यालय व्यवस्थापन समिति तत्काल खारेज गरि शिक्षा ऐन अनुसार अभिभावकहरुको प्रतिनिधित्व हुने गरि विद्यालय व्यवस्थापन समिति गठन गरिनुपर्ने माग गरिएको छ ।

यसैगरि स्वास्थ्य बिमालाई दमक अस्पतालमा मात्र एकीकृत स्वास्थ्य जाँच कार्यले थप कोभिड लगायतका स्वास्थ्य जोखिम हुँदैआएकाले त्यस्तो एकद्धार प्रणाली हटाउनु पर्ने र अहिले दमक अस्पतालमा सयौं विरामीको भिड भई कोरोना संक्रमण भयावह हुने भन्दै गठबन्धनले स्थानीय सरकारलाई त्यस बारे तत्काल निर्णय गर्न अनुरोध गरेका छन् ।

विकास निर्माण कार्यको अनुगमनमा सर्वपक्षीय प्रतिनिधित्व गरिनु पर्ने, फोहोरमैला संकलन वापत लिदैआएको शुल्क जथाभावी संकलन गरिदैआएकाले त्यसलाई तत्काल बन्द गरिनु पर्ने, नगरपालिकाको राजस्व संकलन सम्बन्धी सवै ठेक्कापट्टा पारदर्शी गरिनु पर्ने, नगरपालिकामा हँुदैआएको ढिलासुस्ती र अनियमितता वन्द गरिनु पर्ने तथा नगरपालिकाको ऐन, कानुन विपरीत कर्मचारी नियुक्ति, बढुवा जस्ता कार्य बन्द गर्नुपर्ने माग उक्त १० बुँदे ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र तह हेर्नुहाेस्ः

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...