दमक लगायत झापाका पाँच स्थानीय तहले गर्‍यो निषेधाज्ञा

 लिम्बुवान न्युज
                       

दमक, ११ साउन । दमकमा कोरोना संक्रमण फैलदो क्रममा रहेको भन्दै रोकथाम तथा नियन्त्रणको लागि कडा निषेधाज्ञा लागू गरेको छ । शुक्रबार दमक नगरपालिकामा बसेको सर्वपक्षीय भेलाले गरेको निर्णय अनुसार सोमबार विहान ४ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा गरेको हो ।

निषेधाज्ञा अवधीभर अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरी कडाईका साथ पालना गर्न सर्वपक्षीय भेलाले छलफलको क्रममा निश्कर्ष निकालेको थियो । अनुमति नलिई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि नगरपालिकाले भनेको छ ।

यस्तै झापामा पछिल्लो समय कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएपछि जिल्लाका ५ पालिकाहरुले निषेधाज्ञा लागू गरेका छन् । झापाको पन्ध्र पालिकाहरु मध्ये दमकसँगै, कन्काई, विर्तामोड, अर्जुनधारा र बुद्धशान्तिमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा निषेधाज्ञा खुकुलो भएसंगै पछिल्ला समय संक्रमण ह्वात्तै बढ्न थालेपछि पालिकाहरुले अहिले कडाईका साथ निषेधाज्ञा गर्न थालेका हुन् ।

दमकमा पछिल्ला समय संक्रमण ह्वात्तै बढ्दै गएको छ । संक्रमणका कारण दमकका कोभिड विशेष अस्पतालमा विरामी भरिभराउ भएका छन् । गत चैत्र २७ गते देखि शुरु भएको दोस्रो भेरियन्टको कोरोना संक्रमणबाट दमकमा हालसम्म ३८ जनाको निधन भएको छ । त्यसैगरी दमकमा संक्रिय संक्रमित ५०१ जना रहेको छ भने २८२१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । हालसम्म दमकमा २२६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल दमकको कोभिड उपचार केन्द्रमा २८ जना र दमकको आम्दा अस्पतालमा २१ गरी ५१ जनाको उपचार भईरहेको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

बिर्तामोडका १८ प्रतिशतलाई संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको नगरप्रमुख ध्रुव शिवाकोटीले बताएका छन् । तर, विर्तामोड नगरपालिकाले निषेधाज्ञा कडाई गर्न खोज्दै गर्दा गुजारा गरी खानेहूलाई गाह्रो हुने भन्दै व्यवसायीहरुले त्यसको विरोध गरेको नगर प्रमुख शिवोकोटीले बताए । बिर्तामोडमा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको सँख्या ३ हजार ३६३ पुगेको छ । अहिले ५४९ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा उपचाररत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै, शनिवारदेखि कनकाई नगरपालिकामा एक साताका लागि निषेधज्ञा लागू गरिएको छ । त्यसैगरी बुद्धशान्ति गाउँपालिकाले पनि चारदिन अघिदेखि नै निषेधाज्ञा जारी छ । अर्जुनधारा नगरपालिकाको शनिश्चरे वजारमा पनि स्थानीय सरकारले निषेधाज्ञा गरेको छ ।

दमक नगरपालिकाले जारी गरेकाे बिज्ञप्तिः

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...