पाँचथरका दुई परिवारलाई समाजद्वारा सहयोग प्रदान

 लिम्बुवान न्युज
                       

 

रकम हस्तान्तरण गर्दै संयाेजक लावाहाङ चेम्जाेङ्

फाल्गुनन्द। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका दुई परिवारलार्य फाल्गुनन्द एकता समाज मलेसियाले सहयोग रकम हस्तान्तरण गरेको छ ।

शुक्रबार रुखले किचेर करङ भाँचिएकी फाल्गुनन्द २ का देउमान नेम्बाङकी श्रीमती मञ्जु नेम्बाङलाई ३९ हजार १५० रुपैयाँ रकम समाजको नेपाल संयोजक लावाहाङ चेम्जोङ्ले प्रदान गरेका छन् ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा सत्यहाङमा माबिका प्र.अ रामभक्ति नेम्बाङ्, स्थानिय भगिराज चेम्जोङ र गोल्डेन टेलिभिजनका अनुप लिम्बुको उपस्थितिमा हस्तान्तरण गरिएको संयोजक चेम्जोङ्ले बताए ।

यस्तैगरी प्रवास मलेसियामा रहेका मिक्सेन चेम्जोङ् र इजरायलमा रहेकी दिपा लावतीको विशेष पहलमा पाठेघर र खुट्टाको समस्याका कारण मृत्यु भएकी मनकुमारी चेम्जोङ नेम्बाङकी श्रीमानलाई ८८ हजार रुपैयाँ रकम प्रदान गरिएको छ ।

समाजका नेपाल संयोजक चेम्जोङ, रुकेन्द्र चेम्जोङ र वडा सदस्य चन्द्र कुमारी नेम्बाङबाट संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको हो ।

संघीय लिम्बुवान मञ्च, नेपालका प्रान्तीय सचिव समेत रहेका चेम्जोङ् कोरोनाको दोस्रो भेरियन्टबाट संक्रिमित पनि हुन् । उनी केही समय देखि फाल्गुनन्द एकता समाजका नेपाल संयोजक समेत भएर काम गरिरहेका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...