उपेन्द्र पक्षले पायो जसपाको आधिकारिकता

 लिम्बुवान न्युज
                       

काठमाडौ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो ।

आज भएको हेड काउण्टमा उपेन्द्र नेतृत्वको समहू नै जसपाको आधिकारिक भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

दुई पक्षले दावी गरेपछि भएको आजको हेड काउण्डमा उपेन्द्र यादवले नेतृत्व गरेको समूहले आधिकारिकता पाएको छ,’ उनले भने, अब उनीहरूले गरेको निर्णय आधिकारिक हुन्छ । चार जनालाई कारबाही गरेको पहिला मानिएको थिएन । अब कसरी कारबाही गर्ने भनेर आदेशमा विस्तृत भनिएको छ ।’

जसपाको आधिकारिकता बारे निर्वाचन आयोगले (आज) सोमबार दुबै पक्षलाई बोलाएको थियो । आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको हो ।

५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका छन् । डिल्ली बजार कारागारमा रहेका चौधरीलाई कडा सुरक्षाबीच आयोगमा उपस्थित गराइएको थियो तर उनले दुबै पक्षमा सनाखत गरेनन् । उनले आफू जसपाको इमान्दार सिपाही भएको हुँदा मैले दुवै पक्षलाई सघाउन नसकेको बताए ।

निर्वाचन आयोगले जनाए अनुसार पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए । रेशम चौधरी भने तटस्थ बसे । उनको एक मत कुनै पक्षमा खसेन ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...