वृत्तचित्रमा केरुङ चोत्लुङ सङजुम्भोको आपत्ती

 लिम्बुवान न्युज
                       

  • सुवास केरुङ् (नोनाम)

पाँचथर। फालेलुङ गाउँपालिकाको लगानीमा निर्मित बृतचित्र (डकुमेन्ट्रि) मा फालेलुङ–३, मच्छेबुङमा रहेको याक्थुङ (लिम्बू) जाति, थेगिमहाङ अन्तरगत केरुङ थारीहरुको माङ्गेन्ना लुङ्धुङ्यक खिबेलुङ (पस्तकेलुङ्)को इतिहासलाई बङ्ग्याउने काम भएको भन्दै केरुङ चोत्लुङ सङ्जुम्भोले आपत्ति जनाएको छ ।

सङ्जुम्भोको केन्द्रीय कार्य समिति र पाँचथर जिल्ला कार्य समितिले मंगलबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी गलत इतिहासलाई सच्याउन माग गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाद्वारा बिनियोजित बजेटबाट लोकल सन्देश नामक कम्पनीले निर्माण गरेको गाउँपालिकाको वृतचित्र (डकुमेन्ट्रि)मा केरुङ थरीहरुको माङ्गेन्नायकबारे आधारहीन सामाग्री समावेश गरिएको सङ्जुम्भोको भनाई छ ।

‘डकुमेन्ट्रि बनाउनुभन्दा अगाडि स्थानीय लोकसंस्कृति, परम्परा, इतिहास र मूल्य–मान्यतालाई गम्भिर अध्ययन गरेर मात्र अगाडि बढ्नुपर्नेमा मनोगत र एकाङ्गी, जातीय विद्धेश फैलाउने काम भएको छ’ सङ्जुम्भोले जारी गरेको विज्ञप्तीमा भनिएको छ । पत्रकार सम्मेलनमा सङ्जुम्भोका केन्द्रीय सचिव सुरेन शिशिर केरुङले वृतचित्रका गलत सामाग्रीहरुलाई अविलम्ब हटाउन माग गरे ।

त्यस्तै सङ्जुम्भोले सोबारे विस्तृत अध्ययन गर्न मधुराज केरुङको संयोजकत्वमा सात सदस्सीय कार्यदल समेत गठन गरेको छ । कार्यदल संयोजक केरुङका अनुसार थेगिमहाङ अन्तरगतका जबेगु, हाङसरुम्बा, केरुङ र थक्लिहाङमध्ये केरुङहरुको पुर्खा हाङ्नोयेम खिबेलुङमा गई बसेकाले केरुङ थरीहरुले उक्त स्थानलाई आफ्नो माङ्गेन्ना लुङ्धुङयकको रुपमा पुज्ने र पुकार्ने गर्दछन् ।

वृतचित्रमा खिबेलुङबारे त्रेतायुगका भगवान भीमसेनले किताबको भारी बोकेर पहाडको उकालो चढ्दैगर्दा आफ्नी बहिनी सतीदेवीलाई खोलाले बगाएको खबर पाई पुस्तकको भारी बिसाएर डौडिएको र सो क्षेत्रमा पुस्तक आकृतिको ठूलो ढुङ्गा रहेको र त्यसलाई पुस्तके ढुङ्गा भनिएको प्रशंग छ ।

विज्ञप्तिः

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...