
फाइल तस्वीरः प्रधानमन्त्री निवास बलुवाटार
काठमाडौं, १४साउन । नव गठित सत्ता गठबन्धनको बैठक बस्दैछ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्री परिषद विस्तार बारे बैठक बस्न लागेको हो ।
बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारबाहीका विषयमा समेत छलफल हुने वालुवाटार स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनको बैठक बुधबार पनि बसेको थियो । सो बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्न मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको थियो ।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् । अब जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ ।
सरकारमा सहभागी हुने चर्चा चलिरहेदा बुधबारको बैठकमा नेकपा एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताएका थिए ।