झापामा एक हप्ता लकडाउन

,   लिम्बुवान न्युज
                       

दमक, १५ साउन । कोरोना संक्रमण वृद्धिदर उच्च रहेको निश्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय झापाले एकहप्ता लकडाउने गर्ने निर्णय गरेको छ । झापा जिल्ला कोरोनाको हर्टस्पोट भएको भन्दै आगामी शनिबार १६ गते राति १२ बजेदेखि जिल्ला भरि एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको छ । बैठकले कोरोनाको तेस्रो लहर समेत देखा पर्न सक्ने भन्दै स्थानीय पालिकाहरुलाई आइसोलेसन सेन्टर र होम आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न निर्देशन समेत दिएको छ ।

बैठकले मेची प्रदेशिक अस्पतालमा जडान भइरहेको अक्सिन प्लान्ट तत्काल सञ्चालन गर्ने तथा जिल्लाका ठूला नीजि अस्पतालहरुलाई समेत अक्सिजन प्लान्ट जडान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै स्वास्थ्य मन्त्रालयसंग थप खोप माग गर्ने निर्णय समेत गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा धेरै जनसंख्या भएकाले कोटा बढाउन समेत माग गरेको छ ।

आगामी १८ गतेबाट लक्षित उमेर समूह तोकेर जिल्लाभर खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ । यसअघि कोरोना संक्रमण उच्च रहेको झापाका १० पालिकामा निषेधाज्ञा गरिएकोमा अब जिल्ला नै लकडाउन गरिएको हो । झापामा कोरोना संक्रमणका कारण बिहीबार एकैदिन सात जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;