झापामा एक हप्ता लकडाउन

 लिम्बुवान न्युज
                       

दमक, १५ साउन । कोरोना संक्रमण वृद्धिदर उच्च रहेको निश्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय झापाले एकहप्ता लकडाउने गर्ने निर्णय गरेको छ । झापा जिल्ला कोरोनाको हर्टस्पोट भएको भन्दै आगामी शनिबार १६ गते राति १२ बजेदेखि जिल्ला भरि एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको छ । बैठकले कोरोनाको तेस्रो लहर समेत देखा पर्न सक्ने भन्दै स्थानीय पालिकाहरुलाई आइसोलेसन सेन्टर र होम आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न निर्देशन समेत दिएको छ ।

बैठकले मेची प्रदेशिक अस्पतालमा जडान भइरहेको अक्सिन प्लान्ट तत्काल सञ्चालन गर्ने तथा जिल्लाका ठूला नीजि अस्पतालहरुलाई समेत अक्सिजन प्लान्ट जडान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै स्वास्थ्य मन्त्रालयसंग थप खोप माग गर्ने निर्णय समेत गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा धेरै जनसंख्या भएकाले कोटा बढाउन समेत माग गरेको छ ।

आगामी १८ गतेबाट लक्षित उमेर समूह तोकेर जिल्लाभर खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ । यसअघि कोरोना संक्रमण उच्च रहेको झापाका १० पालिकामा निषेधाज्ञा गरिएकोमा अब जिल्ला नै लकडाउन गरिएको हो । झापामा कोरोना संक्रमणका कारण बिहीबार एकैदिन सात जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...