मदन पुरस्कारको श्रेष्ठ सूचीमा पर्‍योः लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह

 लिम्बुवान न्युज
                       

काठमाडौं, १५ साउन। मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि नौ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक आज (शुक्रबार) गरेको छ । नेपालकै सर्वाधिक पुरस्कार राशी भएको मदन पुरस्कार गुठीले गत वर्षभरि प्रकाशित २२२ पुस्तक मध्येबाट अन्तिम नौ पुस्तक चयन गरेको हो ।

अनुसन्धान कर्ता भगिराज इङ्नामका पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ इतिहास सम्बन्धी पुस्तकलाई मदनपुरस्कार गुठीले श्रेष्ठ सूचीमा राखेको छ ।

सो ऐतिहासिक दस्तावेजमा सेन राजा, शाह राजा, राणा प्रधानमन्त्री तथा सरकारी कर्मचारीले शासन संचालन गर्न जारी गरेका ७८ लालमोहरसहित ३९५ वटा दस्तावेज समावेस छन् । दस्तावेजहरुको प्रकृतिअनुसार पुस्तक ३ भागमा विभाजन गरेर लेखिएको छ ।

पहिलो भागमा राजाहरुबाट जारी सक्कल स्याहामोहर, लालमोहर र रुक्काहरु संलग्न छन् भने दोस्रो भागमा स्याहामोहर, लालमोहर र रुक्काहरुका नक्कल राखिएको छ त्यसैगरी अन्तिम भागमा राणा प्रधानमन्त्री र सरकारी अड्डाबाट जारी कास्यपत्र, अर्जीपत्र, सक्कल रसिद, आदेश तथा गौंडाका सैनिक भारदार र केन्द्रबीच आदान–प्रदान भएका चिठी–पत्र समावेस छन ।

बिक्रम सम्वत १७१९ देखि २०२० सम्म राज्य पक्ष र लिम्बुवान बिच भएको सबै खालको सन्धी सम्झौता लगायतका महत्वपूर्ण दस्तावेजहरुलाई आधार मानेर यो पुस्तक लेखेका छन् । धरान निवासी इङनामले यस अघि पनि लिम्बु जातिमाथि खोज अनुसन्धान गरी पुस्तक लेखेका थिए । लिम्बुवानको इतिहासलाई थप अध्ययन र अनुसन्धान गर्नुका साथै हाल उठिरहेको लिम्बुवानको मुद्दालाई समेत यो पुस्तकले थप अध्ययन गर्न मद्दत पुग्ने लिम्बुवानका विश्लेषक सेसेमी सेनाल्बोले बताए । पुरस्कार छनौटमा पर्नु नै ठूलो कुरा भएको बताउँदै नाल्बोले अब लिम्बुवानको इतिहास पढ्न नेपालका एकात्मकवादी चिन्तनभएकाहरुलाई बाध्य पारेको समेत उनले जिकीर गरे ।

कोरोना भाइरसका कारण लकडाउनले तहसनहस भई साहित्य र पुस्तक प्रकाशन बजार सुस्ताए पनि मदन पुरस्कार घोषणाले बजारमा साहित्यक माहोल फेरि तातिएको छ ।

पुरस्कार गुठीले नौवटा कृतिहरुमा लिम्बुको दस्तावेजसँगै गिरि श्रीस मगरको कवितासंग्रह एकलब्यको देब्रे हात, कृष्ण अविरलको उपन्यास करिया, कुमार नगरकोटीको कल्प–ग्रन्थ, नृत्य निर्देशक भैरवबहादुर थापाले लेखेका नृत्याक्षर विज्ञान, प्रभा बरालको उपन्यास फिलिङ्गो, युवा सर्जक लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको पहिलो उपन्यास मोक्षभूमि र युवा लेखक तथा गायक जेन कुवरको रमिते उपन्यास छानिएका छन् ।

२०१३ सालमा मदनशमशेर जबराको नाममा स्थापना भएको मदन पुरस्कारको राशी अहिले चार लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले यो पुरस्कार पाएको थियो ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...