दमकमा खोप कार्यक्रम स्थगन

 लिम्बुवान न्युज
                       

दमक,१५ साउन ।  भोलि शनिवारसम्म सञ्चालन हुने भनिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । दमकमा कोरोना खोपको प्राप्त भायल सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले जनाए अनुसार शनिवार सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक लगायत सरकारले अग्रभागमा खटिने भनेर तोकिएका ब्यक्तिहरुलाई कोरोनाको खोप लगाउने पूर्व निर्धारित कार्यक्रम रहेको भएपनि खोप नभएकाले हाललाई खोप सेवा स्थगन गरिएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौलाले जनाएका छन् ।

दमकमा लक्षित समूहलाई ६४०० भायल भेरोसिल उपलव्ध भएको थियो । तर खोप शुरु गरिएको तीन दिनमानै सवै खोप सकिएको र आउन साथ लक्षित समुदायलाई खोप लगाईने उनले जनाएका छन् ।

जसअन्तर्गत दमक १ मा ६४४, वडा न २ मा ८४०, वडा न. ३ मा ७२२ ,वडा न. ४ मा ८९६ ,वडा न ५ मा ३६८,वडा न. ६ मा ५००,वडा न. ७ मा ५७६, वडा न. ८ मा ७०८, वडा न.९ मा ४६६ र वडा न. १० मा ६४० जनालाई खोप लगाईएको उल्लेख छ । खोप लगाएकामा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको जनाइएको छ । जसमा महिलाको संख्या ३००५ छ भने पुरुषको संख्या २७३५ रहेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...