
लिम्बुवानखबर । लामो समय चर्चामा रहेको ३३ किलो सुनकाण्डमा मुछिएका एकजना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह ८ स्थायी घर भएका भोजे मामा भनिने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई गोरे सुनकाण्डको एक आरोपी भनि प्रहरीले फरार सुचीमा राखेको थियो ।
२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो । त्यसबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो । यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो । शाक्यको हत्या पछि ३३ किलो सुनकाण्डले चर्चा पएको थियो ।