संघीय मञ्चका बरिष्ठ सल्लाहकार लिम्बुको निधन

 लिम्बुवान न्युज
                       

मेजर श्रवण कुमार सेलिङ् लिम्बु

विजयपुर, १६ साउन ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बरिष्ठ सल्लाहकार मेजर श्रवण कुमार सेलिङ् लिम्बुको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा ८३ बर्षको उमेरमा निधन भएको हो ।

ब्रिटिस गोरखा सेनामा गोरखा कमिसनर अफिसर तहमा पुगेर मेजर पदमा निवृत भएका लिम्बु लामो समयदेखि परिवारसहित धरानमा बस्दै आएका थिए । सेनाबाट अवकाश भएलगत्तै उनले जातीय मुक्तिको आन्दोलनमा लाग्ने विचार गर्दै राष्ट्रिय जनमुक्ति पार्र्टीबाट सक्रिय राजनीति सुरु गरेका थिए । धरानका समाजसेवीको रुपमा नाम कमाएका लिम्बु जनमुक्ति पार्टीको सहअध्यक्षसम्म भएका थिए । उनी धरानमा पुराना समाजसेवी एवम् राजनीतिकर्मीको रुपमा चिनिएका व्यक्ति हुन् ।

जातीय पहिचानको राजनीतिबाट नथाकेका लिम्बु लिम्बुवान सहितको पहिचानमा आधारित १०+१ प्रान्त बने मात्र नेपालको संघीयताले पूर्णता पाउने बताउँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरेका थिए । जनमुक्तिका उपाध्यक्ष तथा लिम्बुवान समितिका अध्यक्ष चन्द्र खापुङकाे नेतृत्वमा मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालमा करिब पाँच दर्जनभन्दा बढी भूपु गोरखा सैनिकहरु प्रवेश गरेका थिए ।

लामो समयसँगै एउटै पार्टीमा सहकार्य गरेका मञ्चका उपाध्यक्ष चन्द्र खापुङका अनुसार लिम्बुको निधनले एक कुशल नेतृत्व एवम् अभिभावक गुमेकाे बताए । यो उमेरमा पनि राजनीतिक उर्जा दिई रहनु हुने लिम्बुको जातीय मुक्तिको आन्दोलनमा महत्वपूर्ण योगदान रहेको थियो खापुङ् थप्छन् – लिम्बु सरल, शाान्त र शालीन स्वभावका व्यक्तित्व थिए ।

मेजर लिम्बु धरानको डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत थिए । उनी स्कूलको सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष हुन् । ‘वन डे वन पे’ अवधारणाअन्र्तगत लाहुरे समुदायको विशेष सक्रियातामा विद्यालय स्थापना भएको थियो । उनी कियाचु धरान सुनसरीका सल्लाहकार समेत थिए । त्यसैगरी दर्जन बढी संघसंस्थामा आबद्ध मेजर पल्टनमा रहँदा उनी ब्रिगेड अफ गोर्खाजबाट प्रकाशित हुने पर्वते पत्रिकाका प्रधान सम्पादक समेत थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;