दमकमा तास खेलिरहेको अवस्थामा प्रहरीद्वारा नगदसहित पक्राउ

 लिम्बुवान न्युज
                       

दमक, १६ साउन । झापाको दमक ८ स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर तास र नगद एक लाख ६० हजार रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । दमक ५ बस्ने बर्ष ३२ का पदम लिम्बुद्वारा संचालित होटल पेरुङ्गोबाट जुवाडेहरु पक्राउ परेका हुन् ।

होटल पेरुङगोमा जुवाजन्य खेल खेल्दै गरेको गोप्य सूचनाको आधारमा आज दिउँसो ४.४० वजे छापा मारेर होटल सञ्चालकसहित ६ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक लिम्बू, दमक ५ का २९ बर्षिय कैलास लिम्बू, ३३ बर्षिय मोहन ढुंङगाना, दमक ६ का ३८ बर्षिय द्रोर्णचार्य कार्की, ५० बर्षिय प्रेम सुब्बा र ५० बर्षिय भिम सुब्बा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

पक्राउ परेकाको साथबाट तीन बुङ तास र खालमा ओछ्याएको कपडा समेत वरामद गरी आवश्यक कानुनी कारबाहीका इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।.

सम्बन्धित समाचार

संविधान २०७२ विभेदकारी संविधान हो – प्रा.डा. महेन्द्र लावती 

ललितपुर, २ असोज । संयुक्त पहिचानवादी मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले २०७२ को संविधान विभेदकारी भएको बताएका छन् । संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएपनि कागजी अक्षरमा मात्र सिमित रहेको स्पष्ट रहेको छ ।...

जेनजी नेपालकाे एक समूहले सात माग राख्दै गृहमन्त्रीलाइ बुझाए ज्ञापनपत्र

काठमाडाैं,२ असाेज । जेनजीको पचास प्रतिशत सहभागिता माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई जेनजी आन्दोलनको एउटा समूहले सरकारमा साँत बुँदे  ज्ञापनपत्र बुझाएको छ। बिहीबार गृहमन्त्नी अर्याललाई भेटेर जस्मिन ओझा नेतृत्वको ‘जेनजी नेपाल’ समूहले सरकारमा जेन–जीको ५०...

जेनजी आन्दोलन आदिवासी मुद्दा प्रति उदासिन रहेकाे भन्दै जेनजी आदिवासी परामर्शमा जुट्दै

 काठमाडाैं, १ असाेज । भ्रष्ट्रचार, परिवारवाद, नाताबादको विरोधमा सुरु भएको जेएनजीको आन्दोलनको परिणाम संस्थागत गरिरहँदा सोही आन्दोलनमा सहभागी आदिवासी जेएनजीहरु भने अन्यौलमा परेको देखिएको छ । खास गरेर मूलधारको जेएनजीको आन्दोलनमा आदिवासीको सवाल समेट्न नसकेकोमा...

तीन मन्त्रीको टुंगो लाग्योः अर्थमा रामेश्वर, गृहमा ओमप्रकाश र उर्जामा कुलमान

ललितपुर, २९ भदौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जामा कुलमान घिसिङको...