खोप दुरुपयोगमा विवादित खड्का निलम्बित

,   लिम्बुवान न्युज
                       

बिर्तामोड/ जिल्ला कोभिड खोप व्यवस्थापन समिति झापाले खोप दुरुपयोगमा संलग्न रहेको अभियोग लागेका बिर्तामोड नगरपालिकाका स्वास्थ्य अधिकारी ओम खड्कालाई निलम्बन गरेको छ ।

शनिवार समितिको आकस्मिक बैठकले आरोपितलाई पदमै रहँदा छानविनमा कठिनाइ हुने कारण देखाउँदै छानविन पुरा नहुन्जेल सम्मका लागि निलम्बन गरेको हो ।

शनिवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले आरोपित खड्कालाई छानविन अवधिभरका लागि निलम्बन गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सीनाले बताए ।

खोप दुरुपयोगका विषयमा राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक स्तरबाट खड्कामाथि कारवाहीका लागि दवाव परेपछि समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिजालको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गर्र्दै निलम्बन गर्ने निर्णय गरेको हो ।

यसैगरी जिल्ला भरी जारी खोप कार्यक्रम विवादित बनेको ठहर गर्र्दै समितिले झापामा हालसम्म कति जना र कसकसलाई खोप लगाइयो भन्ने विवरण समेत सार्वजनिक गर्न जिल्ला स्वास्थ्य कार्यालय झापालाई निर्देशन दिएको छ ।

जिल्लामा जारी खोप कार्यक्रममा व्यापक अनियमितता भएको र सरकारी मापदण्ड विपरीत आफू निकटस्तलाई खोप दिइएको विषय नागरिक स्तरबाट उठेपछि आज बसेको खोप व्यवस्थापन समितिको बैठकले त्यस्तो निर्देशन दिएको हो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;