खोप दुरुपयोगमा विवादित खड्का निलम्बित

 लिम्बुवान न्युज
                       

बिर्तामोड/ जिल्ला कोभिड खोप व्यवस्थापन समिति झापाले खोप दुरुपयोगमा संलग्न रहेको अभियोग लागेका बिर्तामोड नगरपालिकाका स्वास्थ्य अधिकारी ओम खड्कालाई निलम्बन गरेको छ ।

शनिवार समितिको आकस्मिक बैठकले आरोपितलाई पदमै रहँदा छानविनमा कठिनाइ हुने कारण देखाउँदै छानविन पुरा नहुन्जेल सम्मका लागि निलम्बन गरेको हो ।

शनिवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले आरोपित खड्कालाई छानविन अवधिभरका लागि निलम्बन गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सीनाले बताए ।

खोप दुरुपयोगका विषयमा राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक स्तरबाट खड्कामाथि कारवाहीका लागि दवाव परेपछि समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिजालको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गर्र्दै निलम्बन गर्ने निर्णय गरेको हो ।

यसैगरी जिल्ला भरी जारी खोप कार्यक्रम विवादित बनेको ठहर गर्र्दै समितिले झापामा हालसम्म कति जना र कसकसलाई खोप लगाइयो भन्ने विवरण समेत सार्वजनिक गर्न जिल्ला स्वास्थ्य कार्यालय झापालाई निर्देशन दिएको छ ।

जिल्लामा जारी खोप कार्यक्रममा व्यापक अनियमितता भएको र सरकारी मापदण्ड विपरीत आफू निकटस्तलाई खोप दिइएको विषय नागरिक स्तरबाट उठेपछि आज बसेको खोप व्यवस्थापन समितिको बैठकले त्यस्तो निर्देशन दिएको हो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...