पहिचान र अस्तित्वको लागि संघर्ष भईरहेको छ – कुमार लिङ्देन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले संसारमा पहिचान र अस्तित्वको लागि संघर्ष भइृरहेको बताएका छन् ।

संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कार्य समिति दक्षिण कोरियाले आयोजना गरेको पहिचानको जगमा नेपालको स्थायित्व र विकास शिर्षकमा भएको भर्चुअल कार्यक्रममा सो कुरा बताएका हुन् ।

कांग्रेसी नेताहरु आफू आफू बिच भईरहेको झगडा अस्तित्वकै लडाई हो, त्यसैगरी केपी ओली र माधव नेपाल बिचको लडाई पनि अस्तित्व कै लडाई हो भन्दै अध्यक्ष लिङदेनले अहिले जसपा पार्टीमा भएको लडाई पनि अस्तित्वकै लडाई भएको बताए । पुँजीवाद र साम्यवाद बाहेक कुनै बाद हुँदैन भन्ने स्कुलिङ्ले पहिचान र अस्तित्वलाई ओझेलमा पारेको अध्यक्ष लिङ्देनले कार्यक्रममा बताएका छन् । अध्यक्ष लिङदेनले भर्चुअल कार्यक्रममा पहिचान र अस्तित्व नै मुख्य दर्शन भएको जिकीर गरेका छन् ।

भर्चुअल कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रष्ट पारे संघीयता भनेको टुक्रिनु भन्दा अगाडि टुक्राउनु हो । यसमा जोड्दै भने भोलिको दिनमा लिम्बुवान टुक्रेर जानु भन्‘दा अघि लिम्बुवान प्रान्त दिनु भनेको हो । संघीयता भनेको पछि आउने द्वन्द्वलाई त्यस अघि नै समाधान गर्नु हो । यसरी नै उनले भने –‘सह–अस्तित्ववाद भनेको मान्छेलाई एकले अर्कालाई सम्मान गर्नु हो ।’ अध्यक्ष लिङदेले भने– ‘मान्छेले मान्छेलाई माया गर्नु सम्मान गर्नु नै सह–अस्तित्ववाद हो । सह–अस्तित्ववादले मात्र शान्ति हुन्छ र देश समृद्ध बन्छ ।’

सामाजिक मञ्च दक्षिण कोरियाका अध्यक्ष रमेश लावतीको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमको संचालन मञ्चका महासचिव खडग सेर्माले गरेका थिए । कार्यक्रममा मञ्चका उपाध्यक्ष चन्द्र खापुङ्, संघीय अर्थ संचिव विष्णु यक्सो त्यसैगरी सामाजिक मञ्च कतार, साउदी, मलेसिया, बहराइन त्यसैगरी खसान र दलित प्रान्तका नेताहरु समेत सहभागी थिए ।

 

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;