इन्दिरा चेम्जोङको “एकलौटी बजार” गीत भिडियोसहित सार्वजनिक
मङ्गलबार, १९ साउन, २०७८ रातीको ०९:१२ बजे,
लिम्बुवान न्युज
काठमाडौँ, १८ साउन ।गीतकार इन्दिरा चेम्जोङको “एकलौटी बजार” बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ ।
नेपालको पुर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मिएकी गीतकार इन्दिरा चेम्जोङ नेपाली सांगीतिक आकासका गीति लेखनमा एक ससक्त नारी हस्ताक्षर हुन् ।
उनले यस अघि पनि “अर्को जन्म” बोलको एल्बम साथै नेपाली तथा लिम्बु भाषी गरि धेरै गीतहरु सांगीतिक बजारमा स्रोता, दर्शक सामु पस्किसकेकी छिन् ।
गीतकार चेम्जोङले न्युयोर्क अमेरिकाको प्रवास बसाईमा रहदै बजारमा ल्याएकी उक्त “अर्को जन्म” एल्बमले धेरै स्रोता दर्शकहरुको मन जित्न सफल भएर माया पाएको थियो ।
यस्तो शब्द रहेको “एकलौटी बजार” मा बाबुल गिरीको संगीत तथा एरेन्ज र गायक आभास क्षेत्रीको सुमधुर आवाज रहेको छ, भने सम्पादन विश्व भण्डारीको रहेको छ । गीतको अडियो रेकर्डिङ्ग कार्य म्युजिक नेपाल अनामनगर काठमाण्डौबाट सम्पन्न भएको हो ।
इन्दिरा चेम्जोङ नामक अफिसयल युट्युब च्यानलबाट बजारमा सार्बजनिक भएको “एकलौटी बजार“ बोलको भिडियो सहितको प्रेमील बियोगान्त गीतले पनि आम स्रोता, दर्शकको मन जित्न सफल हुनेछ भन्ने कुरामा विस्वास रहेको उनले बताएकी छिन् ।
ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...
दमक, १५ असार । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...
ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ । शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...
दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...