इन्दिरा चेम्जोङको “एकलौटी बजार” गीत भिडियोसहित सार्वजनिक
मङ्गलबार, १९ साउन, २०७८ रातीको ०९:१२ बजे,
लिम्बुवान न्युज
काठमाडौँ, १८ साउन ।गीतकार इन्दिरा चेम्जोङको “एकलौटी बजार” बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ ।
नेपालको पुर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मिएकी गीतकार इन्दिरा चेम्जोङ नेपाली सांगीतिक आकासका गीति लेखनमा एक ससक्त नारी हस्ताक्षर हुन् ।
उनले यस अघि पनि “अर्को जन्म” बोलको एल्बम साथै नेपाली तथा लिम्बु भाषी गरि धेरै गीतहरु सांगीतिक बजारमा स्रोता, दर्शक सामु पस्किसकेकी छिन् ।
गीतकार चेम्जोङले न्युयोर्क अमेरिकाको प्रवास बसाईमा रहदै बजारमा ल्याएकी उक्त “अर्को जन्म” एल्बमले धेरै स्रोता दर्शकहरुको मन जित्न सफल भएर माया पाएको थियो ।
यस्तो शब्द रहेको “एकलौटी बजार” मा बाबुल गिरीको संगीत तथा एरेन्ज र गायक आभास क्षेत्रीको सुमधुर आवाज रहेको छ, भने सम्पादन विश्व भण्डारीको रहेको छ । गीतको अडियो रेकर्डिङ्ग कार्य म्युजिक नेपाल अनामनगर काठमाण्डौबाट सम्पन्न भएको हो ।
इन्दिरा चेम्जोङ नामक अफिसयल युट्युब च्यानलबाट बजारमा सार्बजनिक भएको “एकलौटी बजार“ बोलको भिडियो सहितको प्रेमील बियोगान्त गीतले पनि आम स्रोता, दर्शकको मन जित्न सफल हुनेछ भन्ने कुरामा विस्वास रहेको उनले बताएकी छिन् ।
ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...
दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...