महासंघद्वारा संघसंस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण

,   लिम्बुवान न्युज
                       

फाकफोकथुम।  नेपाल आदिवासी जनजाती महासंघ फाकफोकथुम २ नं. वडा समन्वय समितिले स्वास्थ्य सामाग्री वितरण गरेको छ । गाँउपालिकाको दुई नम्बर वडामा रहेको संघसंस्था, कार्यालय र विद्यालयलाई स्वास्थ्य सामाग्री वडा कार्यालय कोल्बोटेमा वितरण गरेको हो ।

महासंघले कोभिड–१९ बाट सुरक्षित रहनको लागि सेनिटाइजर, पिपि सेट, माक्स लगायतका स्वास्थ्य सामाग्री १३ वटा कार्यालयलाई वितरण गरेको जनाएको छ ।

स्वास्थ्य सामाग्री वडा कार्यालय, स्वास्थ्य चौकी, राष्ट्रिय मा.वि. शुभद्रा आ.वि, नवकिरण कृषि शहकारी संस्था, चन्द्र सुर्य बचत तथा ऋण सहकारी संस्था, धार्नेखोप आ.वि., चौहानडाँडा आ.वि, किराँत राई यायोख्खा, नेपाल तामाङ घेदुङ, नेपाल मगर संग लगायत संघसंस्थाहरुलाई सामाग्री वितरण गरिएको महासंगका अध्यक्ष नरेश तामाङले बताए ।

जनजाति महासंघ वडाध्यक्ष तामाङको अध्यक्षता र वडाध्यक्ष याम बहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सामाग्री लिनका लागि सम्बन्धित कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

आदिवासी जनजाति महासंघ वडा नंं. २ समन्वय समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न काम गर्दै नागरिकको जिवन रक्षामा सहयोग गर्नको लागि कृयासिल रहदै आएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;