लिम्बुवान मञ्चले सर्बोच्चको फैसला खारेज गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझायाे

 लिम्बुवान न्युज
                       

धरान, २० साउन । सर्वोच्च अदालतले आरक्षण सम्बन्धमा गरेको फैसला संविधानभन्दा माथि रहेर गलत फैसला भएको भन्दै संघीय लिम्बुवान मञ्च, नेपालले उक्त फैसला खारेज गर्न माग गरेको छ । मञ्चको सुनसरी जिल्ला कार्यसमितिले ईलाका प्रशासन कार्यालय धरानमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउदै यस्तो माग गरेको हो ।

सर्वोच्चले आफ्नो क्षेत्राधिकार बाहिर गएर नेपालको अन्तरिम संविधान २०६३ र संविधान २०७२ मा व्यवस्था गरेको समानुपातिक प्रणालीबारे फैसला गरेको मञ्चको ज्ञापन पत्रमा उल्लेख छ । ‘सरकारी सेवा हुने आरक्षण जातीयताको आधारमा नभई आवश्यकताको आधारमा निर्धारण हुनुपर्ने भनि सर्बोच्चका न्यायाधिशद्धय विश्वम्भर प्रसाद श्रेष्ठ र आनन्द मोहन भट्टराईको इजलाशले दिएको आरक्षण सम्बन्धी फैसलाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ –ज्ञापन पत्रमा भनिएको छ ।

सर्वोच्चले संविधानको धारा १८(३) लाई अपव्याख्या गरि आरक्षित कोटाको अवमुल्यन गर्दै न्यायपालिकाले संविधानभन्दा माथि रहेर गलत फैसला गरेको भन्दै मञ्चले फैसलाको निन्दा गरेको छ । साथै, उक्त फैसलालाई खारेज गरेर संविधानको सर्वोच्चता र आरक्षित कोटालाई सुनिश्चित गराउन पनि उक्त पार्टीले सरकारलाई ध्यानाकर्षण गरेको छ ।

यसैगरि विज्ञिप्तमा, एमसीसी जस्ता राष्ट्रघाती विधेयकलाई वर्तमान सरकारले संसदबाट पारित गराउन खोजिरहेको भन्दै मञ्चले राष्ट्रघाती सम्झौताहरु पारित नगर्न पनि माग गरेको छ । साथै, नागरिकता विधेयकले नेपाललाई सिक्किम र निजिकरण गर्न लागेको भन्दै मञ्चले राष्ट्रघाती निर्णय संसदमा प्रस्ताव पारित नगराउन पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

उक्त ज्ञापनपत्रमा जिल्ला अध्यक्ष अमर इजम र सचिव निर्मल राईले हस्ताक्षर गरेका छन् भने कार्यक्रममा मञ्चका उपाध्यक्ष एबी पन्धाक, सचिवहरु भुपेन्द्रसुन्दर लावती, पूर्णकला तेयुङ्, अन्य केन्द्रीय नेता तथा जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...